चर्चाको शिखरमा लाहुरेनी फूल, आखिर के छत लाहुरेनी फूलभित्र ??

शुस्मा रुपाबुङले लेखेको उपन्यास लाहुरेनी फूल अहिले पाठकहरुमाझ चर्चाको शिखरमा रहेकोछ । मन्डला थिएटरमा पुसको दोस्रो साता लोकार्पण गरिएको यो पुस्तकको माग देश बिदेशमा दिनानुदिन बढीरहेकोछ । फिनिक्स पब्लिकेसनले बजारमा ल्याएको यो पुस्तक डेढ महिना भित्रै नेपालको ७७ जिल्ला र बिदेशमा बेलायत, मलेसिया, दुबइ, ब्रुनाइ,अमेरिका, सिंगापुर, कोरिया जापान, हङ्कङ्, साइप्रस आदी देशमा पुगिसकेको छ । साथै नेपाली बसोबास रहेको सबै देशहरुबाट माग भईरहेकोछ । लाहुरेहरुको पल्टनघर (ब्रुनाइ,बेलायत, सिंगापुर)मा पनि अतिनै मन पराइको छ लाहुरेनी फूल ।

शुस्मा रुपाबुङको यो पहिलो कृति हो र आम पाठकको लागि उनी नयाँ लेखक हुन् ।हुनत कृतिकै रुपमा बजारमा अगाडि नल्याएपनी एक अब्बल कबिको छबी शुस्माले आमपाठकमाझ बनाइसकेकै थीइन् । एउटा सफल लेखक बन्नको लागि श्रस्टाहरुले धेरै संघर्ष गर्छन् । अरु क्षेत्रमा जस्तै नेपाली साहित्य पनि सिन्डिकेटले जेलिएकोछ, बजारमा गुट उपगुटहरु छन् र नयाँ लेखकहरुलाई कृति राम्रो हुँदा हुँदैपनी दसकौ लाग्छ बजारमा चिनिनलाई । तर शुस्मा रुपाबुङ पहिलो कृतिबाटै आफ्नो पहिचान बनाउन सफल भएकी छिन् । मदनपुरस्कार बिजेता आख्यानकार राजन मुकारुङ्ले अन्नपूर्ण पोस्टमा एउटा लेखमा लेखेका छन् “उपन्यासलाई पाठकहरूले आफसेआफ पछ्याउँदै आइरहेको देखिँदै छ। यो एकदमै खुसीको कुरा हो। विमर्श कति होला ? त्यो त गर्दै जाउँला नै क्यारे।”

खास के छत लाहुरेनी फूलभित्र ??

१)क्याची नाम र चुम्बकिय आधारकथा

“लाहुरेनी फूल” यो फूल कस्तो होला के होला? वास्तविक फूल होकी सिम्बोलिक ? पाठकहरुको मनमा अनेकौ प्रश्न र उत्सुकता जगाउछ शिर्शकले । यो फूलको नाम लाहुरेनी फूल किन रहन गयो भनेर आधार कथाले प्रस्ट पारेको छ । आधारकथा यती आकर्षक छकी यो पढिसकेपछी पाठकहरु स्वत तानिदै जान्छन् र पुरै उपन्यास पढिसकेर मात्रै उठ्छु भन्ने निर्णय गर्न पुग्छन ।

 

 

२)उत्कृष्ट कथा र किस्साहरु

आदिबासी जनजातिहरुले लाहुरे भएर ब्रिटिश सरकारको सेवा गरेको २०३ बर्ष पुरा भईसकेको छ ।यो पेशामा आबद्द भएकाहरुको आर्थिक जीबनस्तर माथि उठेको छ र जागिरको क्रममा संसार घुम्छन लाहुरेहरु । यही मोहमा परेर बर्सौ २० औ हजार नेपाली युबाहरु पढाई र अरु सबै छाडेर भर्ती ट्राइ गर्छन् । ३/ ४ सय भर्ती भएर जान्छन् तर बाकि हजारौको जीबनले अर्कै मोड लिन्छ । उनिहरुको सामाजिक आर्थिक सैक्षिक र प्रेम जीबनमा यु टर्न आउछ । यही कथालाई मुल बिषय बनाएर लेखिएको उपन्यास प्रेमकथामा आधारित छ तर यो त्यतिमा मात्रै सिमित छैन । यसले सामाजका गम्भिर मुद्दाहरुलाई पनि उठान गरेको छ । लाहुरे जीबन कस्तो हुन्छ होला भन्ने उत्सुकताले गाजिरहेको पाठकलाई पढ्दापढ्दै आफै लाहुरेपो हुँकी ?भन्ने महसुस गराउछ पुस्तकले । यसमा जोडीएका सबै कथा र किस्साहरुसँग प्रेम पर्न जान्छ पाठकको ।

३)सरल भाषा गहन बिषयबस्तु

पुस्तक अत्यन्तै सरल भाषामा लेखिएको छ । त्यही भएर सबै लेभलका पाठकहरुले इन्जोय गरेर पढ्न सक्छन् ।कथा पढेर मनोरन्जनमात्रै लिन चाहने पाठकको लागि र अन्तर्यमा गएर मुद्दाहरुको बहस गर्न चाहने, प्राबिधिक बौद्दिक कुराहरु खोज्ने सबैको प्यास मेटाउछ उपन्यासले । सरल तर उत्कृष्ट शब्दहरुको समायोजन, सजिब पात्रहरु आन्चलिकता आदी इत्यादी कुराहरुले पाठकलाइ उम्किनै दिदैन ।

४)लाहुरे समाजको शसक्त आवाज

राम्रो नाम र दामको कारण लाहुरे अहिले धेरैको रोजाइको पेशा बनेको छ । तर सुरुवातमा राज्यसत्ताले आदिबासि जनजातिलाई जबर्जस्ती भर्ती गराएर पठाएको थियो । त्यसमाथि मुलधारका लेखकहरुले लाहुरेहरुलाई साहित्यमा सधैं नकरात्मक पात्रका रुपमा उभ्याएर धेर थोर अन्यायनै गरेका छन् । लाहुरबाट पैसाको भारी बोकेर आउने रिकुटेले युबतिलाई दुई जिउको बनाएर पैसा सकेर खरानी धसी पल्टन फर्किने आदी लेखेर इमान्दार लाहुरेहरुलाई बद्णामिको पात्र बनाएका छन् । तर लाहुरेहरुको त्याग तपस्या उनिहरुले देशमा भित्राएको रेमिट्यान्स साहित्य र संगित लगायत हरेक क्षेत्रमा दिएको योगदानलाई लेखेका छैनन् ।पहिले राज्य आँफैले लाहुर धपाउने अनी उनिहरुलाई हरतबरले नराम्रो मात्रै देखाउन खोज्ने ? त्यो हुनै सक्दैन । लाहुरेनी फूलमा लेखकले एक त्यागी इमान्दार लाहुरे पात्र सुर्य खडा गरेर ति अन्यायहरुमाथि घुमाउरो रुपमा धावा बोलेकी छिन् । अर्कोतिर समाजमा लाहुरेनिहरु रमझम र बिलासी जीबनमै अल्झिन्छन् भन्ने अफबाह फैलाइएको छ । सुस्मा रुपाबुङ्ले एक सशक्त कृति ल्याएर त्यो अफबाहलाइ नमिठो झापट दिएकी छिन् । त्यही भएर पल्टनघरमा लाहुरेनी फूललाई पुरै लाहुरेकै सम्पत्तिको रुपमा लिएर सबैले माया दीइरहेका देखिन्छ ।

५)मुटु हल्लाउने क्लाइमेक्सहरु

लाहुरेनी फूलभित्र चार क्लाइमेक्सहरु छन् जुन पाठकले सोचेको भन्दा फरक भईदिन्छ र पढ्न झनै रोमान्चक बनिदिन्छ । समाजकै यथार्थ घटनाहरुको चित्रण गरिएकोले धेरै पाठकको जीबनसँग मेल खान जान्छ र पढ्दा पढ्दै रोएको हासेको पत्तो पाउदैनन् ।

लाहुरेनी फूल नेपाली साहित्यको एउटा अमुल्य सम्पत्ति हो । पाठकहरुको धेरै माया पाइरहेको यो उपन्यास मुलधारका मिडियाहरुले, लेखकहरुले देखेर पनि नदेखेजस्तो गरेनन्, नयाँ लेखक भनेर हेला गरिएन र साहित्य सिन्डिकेटको मारमा परेन भने धेरै राम्रो गर्नेछ कृतिले ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest