हिउँमाझी चटपटे भन्दा कम छैन

धन्न पाठकले कुनै कृति आफ्नो बुझाइमा बुझ्नु पाउछ,कुनै कृतिको समीक्षा गर्नु सक्ने मेरो क्षमता त छैन तर नि बुझे जति कोर्दै छु।

`हिउँ माझी कृति अर्थात कथा सङग्रह पहिलोपल्ट सामाजिक सञ्जाल मार्फत देखेको थिए।उक्त कथाको बाहिरी आवरणमा अवस्थित सेताम्मे हिमाल र त्यसमा भएको आकृतिले भने तानेकै हो।काठमाडौ जाँदा` लाहुरेनी फुल ´उपन्यास लोकार्पण कार्यक्रममा जानू थियो ।सिंहदरबार अगाडिको मण्डला थ्रिएटर खोज्दै पुगियो।कार्यक्रम सुरु हुनु अघिनै पुगिएको हुँदा ठुला2 व्यतित्वहरूसङग भेट हुने अवसर जुर्यो।त्यहीँ व्यतित्वहरूमध्ये एक` हिउँ माझी´कथासङग्रहका लेखकद्वय वियस राई ज्यु नि पाल्नुभएको खवरले मन हर्षित भयो।वहाँ सङग सम्झना स्वरुप केही तस्वीर कैद गरियो र कार्यक्रममा सहभागी भयाै।

काठमाडौंबाट घर फर्कनु त थियो नै ,जानू अघि केही पुस्तक लाने वाचा थियो।पुस्तक पसलहरू चाहर्दै जाँदा `खुसी,नथिया,लाहुरेनी फुल र हिउँ माझी´ खरिद गरि रुमतिर लागे।`लाहुरेनि फुलले ´बजारको माहोल तातिरहेको बेला हिउँले चिसो बनाउने चाहाना नराखेकै हुँ तर लाहुरेनि फुलले झारिदिएको आँसुलाई र ढुम्मिएको मनलाई भने हिउँ माझीले बढो प्रेमपूर्वक शितलता भने प्रदान गर्यो।

पाठक पुग्न नसकेको ठाउँहरू भने कृतिकारले पुर्याउनु हुने कुरामा दुई मत नहोला?वास्वमा हिउँ माझीमा राखिएका विषयहरू सब परिचित लाग्यो र चन पनि ।मेरै देशमा अवस्थित सबभन्दा अग्लो सगरमाथा पुग्न नसकेकी मलाई पुगे जस्तो भान भो, भनाै मेरा गुनासा रहेन अब!हिमाली भेग , त्यहाँका संस्कृति , वस्ती अनि भाषा कति मिठासपूर्वक उतारिएका छन् ।हाम्रो समाजको जातीय वर्गका कुरा कति कलात्मक तरिकाले व्यक्त छन् `तिम्रा घराँ म छिर्दा त बाहुन पढाएर चोख्यायाै।तिम्री स्वास्नीमा मेरो रगत छिर्यो , अब कसरी चोख्याउँछाै बाजे? भन्ने मार्मिक प्रश्नले प्रष्ट पारेका छन।

गल्ती अरूले नै गर्ने र त्यसको सजाय वा जिम्मा अरू कसैलाई लगाउने सत्य प्रति प्रकाश पारिएको छ।बहुसांस्कृतिक , बहुधार्मिक देश हाम्रो भएको हुँदा हाम्रा चाडपर्वहरू प्रतिको आस्थालाई बुलन्द बनाएको छ, नाकाबन्दीले पु्र्याएको आर्थिक क्षतिले मानवीय क्षति पुर्याएका तिता यथार्थ , गरिबीले चम्पा , हाँडी बाट हान्ना भएका कथाहरू र त्यस कथाका व्यथाहरू एकदम मार्मिक छन् ,परिवारले सन्तान इच्छा विपरीत निर्णय गर्दा त्यसले निम्त्याएको समस्याहरू,एउटा बालक चोर्नु बाध्य भएका ,

भएका बयानहरू, मासिक तलबका लागि नभइ इज्जत र प्रतिष्ठाका लागि भर्ति भएका पुलिस र उसको अकस्मात हुने सरुवा ,,

`टाढै सही बाउ सन्तानका आड हुँदा रहेछन् ।निर्दयी नै सही भरोसाका पहाड रहेछन बाउ।´यी भनाई वास्तवमा सही हो पनि…हाम्रा समाज , जातीयता अनुरुपको संस्कृति साच्चै रमाइला छन् अनि सत्य पनि।`कागले कान लग्यो भन्दैमा कान छाम्नु पर्छ´ भन्ने नेपाली लोकोक्तिको प्रयोग सान्दर्भिक छन् ,,धामी प्रतिको अन्धो विश्वासले निकालिएका जोखनाले जिउँदो बाउलाई मारि किरिया गराएका कुराहरूले अब जोखनाले सत्यलाई चिर्न नसक्ने सन्देश दिन खोजेको पाएँ।

अन्त्यत:`हिउँमाझी चटपटे भन्दा कम छैन ,,यहाँ सबथोकको समिश्रण पाएँ,,,लेखकले अश्लिलतालाई सकभर बचाएर अघि बढ्नु भएका पक्षहरू एकदम राम्रा छन् ।आगामी दिनहरूमा नि यस्तै कृतिहरू पढ्नु पाम ।हिउँ माझीलाई पुन: सफलताको शुभकामना।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest