प्राञ्जलका लेखक प्रयासकाे लिपुलेक अतिक्रमण माथिकाे काव्यिक प्रहार

सिमाना-

बरु म

आकाशवासी भैदिए हुन्थ्यो

आकाशमा न सिमाना हुन्छ न देश

जता बस्न छुट हुन्छ,

जे गरौ आफ्नै मर्जी !

बिडम्बना !

म त्यस्तो देशमा छु

जहाँ-

सिमानाले रुवाउँछ,

गरिबिले पिरोल्छ,

त कहिले

अन्याय,अत्याचार


भ्रष्टहरुको हर्कतले रुवाउँछ ।

रुन चै साँच्चै रुवाउँछ,

रुनु अनौठो नहोला

किन कि !

रुवाई पहिलो क्रिया हो,

भर्खर जन्मेको शिशुले जान्दछ

तसर्थ,

रुनु

ज्युँदो रहनुको संकेत हो ।

अरु थुप्रै कुराको संकेत हो-
रुवाई !

जन्मने बित्तिकै

किन रुनु भो ?

यो जवाफ दिन

तपाई एक्छिन मौन भए झै

आज सरकार मौन छ-

माटो बेचिदा

इतिहास मेटिदा…!

कास,

म सरकार भएको भए

मै पनि

शान्त बस्थेँ

किन कि,

म बुद्धको देशको मान्छे

मलाई शान्त बन्न आउँछ ।

शान्त बन्नुको अर्थ ?

म सानो छ्दा,

काम बिगार्थेँ, र

बा´ को अगाडि शान्त हुन्थेँ

गल्ती गर्थेँ, र

गुरुको अगाडि शिर झुकाउथेँ ।

म सरल प्रश्न सोध्न चाहान्छु ।

ए सरकार !

तिमी चुप छौ किन ?

कि तिमिले,

मैले बा´को रेडियो बिगारे जस्तै,

देश बिगार्यौ ?

र मौन छौ ?

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest