फ्राइडे रिलिज

आज फ्राइडे रिलिजमा तीन नेपाली चलचित्र र एक बलिउड रिलिज रहेको छ । कथा काठमाण्डु, छिरिङ्ग, अनुराग र सुइ धागा एक आपसमा भिड्न गइरहरेका छन् । दशै नजिक आउदै गर्दाको यस समयमा फिल्म रिलिजको लामो लाइन लागिरहेको यस अव्स्थामा कसले कति कमाइ गर्न सफल हुने हो त्यो हेर्न केही दिन कुर्नुपर्ने हुन्छ ।

कथा काठमाण्डु
नायिका प्रियङ्का कार्की, प्रमोद अग्रहरी, संजोग कोइरला, सन्ध्या केसी र आयुसमान देशराजको प्रमुख भुमिका रहेको यस चलचित्र रिलिज अगावै ट्रेलर र गित निकै चर्चामा रहेको थियो । काठमाण्डुमा भएको समस्या र दिनचर्यालाई निर्देशक संगिता श्रेष्ठले फिल्ममा उतारेकी छिन् ।

छिरिङ्ग
यस चलिचत्रमा यस कुमार, निमा रुम्बा र नव नायिका कामना भुजेलको मुख्य अभिनय रहेको छ । दुई गायक नायक भएर अभिनय गरेको यस चलचित्रको पनि आफ्नै क्रेज रहेको छ । मोडलिङ् क्षेत्रबाट चलचित्रमा हात हालेकी नव नायिका कामना भुजेलको अभिनय पनि उस्तै दमदार रहेको छ ।

अनुराग
पत्रकार रिसि धमलाको पत्नी एलिजा गौतमको प्रस्तुति रहेको अनुरागमा स्वम एलिजा गौतम, समुन्द्र पण्डित, थिलेन लामा, सरोज खनाल, रुपा राणा, राजाराम पौडेलको प्रमुख भुमिका रहेको छ । तारा प्रकाश लिम्बु र सरोज पोखरेलको सङ्गित रहेको उक्त चलचित्रलाई सत्यराज चौलागाईले निर्देशन गरेका छन् ।

सुइ धागा
बरुण धवन र अनुष्का शर्माको मुख्य भुमिका रहेको यस चलचित्रमा एक सामन्य परिवारमा जन्मिएको बरुण जो आफ्नो पिताको हरेक कुराहरु मान्दै आफ्नो जिवनयापन गर्दै आइरहेका हुन्छन् । बिवाह पछि श्रीमतीको कुरा मान्दै कसरी आफ्नै ब्यवसाय गरि सफल हुन्छन् यसलाई नै फिल्ममा देखाइएको छ ।

४ वटै चलचित्रको ट्रेलर एक साथ हेर्नुहोस् ।

Facebook Comments

Hy, I’m Gokul & thank you for viewing my post. Please send me email if you have any suggestions and feedback.

Gokul Karki

Hy, I'm Gokul & thank you for viewing my post. Please send me email if you have any suggestions and feedback.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest