सलमानसँग जोडिन पाउँदा सारा हर्षित

बलिउड जगतमा सदाबाहार चर्चामा रहिरहने अभिनेता सलमान खान अहिले निकै व्यस्त छन । आप्mनो बहुप्रतिक्षीत चलचित्र दबंग ३ को प्रचारमा व्यस्त छन । सोनाक्षी सिन्हा, किच्चा सुदीपलगायतका कलाकारहरु सलमानका साथमा यस चलचित्रमा देखिदैछन । अघिल्लो दुई सिरिज सुपरहिट भएको यस चलचित्रको तेश्रो सिरिज पनि रिलिज अगावै सुपरहिटको नाममा दर्ता गरिएको छ । रिलिज पछि कति चर्चा बटुल्ने हो त्यो त रिलिज पछि नै थाहा हुनेछ । चर्चित कोरियोग्राफर प्रभु देवाले यस चलचित्रलाई निर्देशन गरेका हुन ।

अभिनेता सलमान यस चलचित्रको प्रचारप्रसार सँगै आउने वर्ष प्रदर्शनमा आउने चलचित्र राधे योर मोस्ट वान्टेड को छायांकनमा पनि व्यस्त छन । उक्त चलचित्रमा सलमान सँग अभिनेत्री दिशा पाटनीसँग जोडि बाँधिएका छन भने ज्याकी श्राफ र रणदीप हुड्डा पनि अभिनयमा रहेका छन । प्रभु देवा नै निर्देशनमा बनेको यो चलचित्र सोहेल खानको निर्माणमा बन्ने भएको छ ।

यसैबीच अभिनेता सलमान खानलाई फेरि अर्को व्यस्तता थपिने भएको छ । निर्देशक आनन्द एल रायले अर्को चलचित्रको अफर गरेका छन । निर्देशक रायले नयाँ चलचित्रको लागि सलमान र अभिनेत्री सारा अली खानलाई लिन चाहेको कुरा सार्वजानिक भएको छ । आफुलाई सलमान खानको ठुलो प्mयान बताउने साराले बलिउडमा प्रवेश गरेसँगै ठूला स्टारसँग काम गर्ने अवसर पाएकीमा खुशी पनि व्यक्त गरेकी छिन ।

निर्देशक रायले आप्mनो नयाँ चलचित्रमा सलमानलाई तयार छन । सारा भने आनन्दको चलचित्रमा सलमान सँग जोडिन पाउँने कुराले उत्साहित छिन । तर सलमानले भने अहिले सम्म आनन्दको चलचित्र खेल्ने या नखेल्ने भन्ने विषयमा कुनै निधो गरेका छैनन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest