युग गायक रामेश श्रेष्ठ एकल साँझ सम्पन्न

राजधानीमा युग गायक रामेश श्रेष्ठ एकल सांगीतीक सांझ सम्पनन भएको छ ।

चर्चित नेपाली चलचित्र बलिदानको गीत गाउँ गाउँ बाट उठ, बस्तीबस्तीबाट उठ बोलको गीतबाट निकै सफलता हात पारेका युग गायक श्रेष्ठले शनिबार राष्ट्रिय नाचघरमा युगीन आवाज नामक एकल सागीतीक साँझ आयोजना गरेका हुन ।

तत्कालिन पञ्चायती सामन्ती सत्ताबाट जनताको भलो नहुने देखेपछि उनले यो गीत गाएको दावी गरेका छन । त्यस समयमा स्कुल कलेज र गाउँ गाउँमा चर्चित उक्त गीत २०४६ सालको परिवर्तन पछि मात्रै रेकर्ड गरिएको थियो ।

गायक स्वयंले आयोजना गरेको उक्त सांगीतीक साँझमा प्रधानमन्त्री केपी ओलीका साथै सरकार पक्षका मन्त्रीहरु पनि एकल साँझमा उपस्थित रहेका थिए ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest