ज्वेल अफ द वल्ड २०१८मा सपनालाई एक उपाधि

फिलिपिन्सको मनिलामा सम्पन्न ज्वेल अफ द वल्ड २०१८मा नेपालको तर्फबाट सहभागीता जनाएकी सपना भेटवालले एउटा उपाधि हात पार्न सफल भएकी छिन । भेटवालले प्रतियोगितामा बोके फेस्टिभल क्वीन उपाधि हात पारेकी हुन ।

नेपाल्स फेसन आइकन २०१६ को फस्ट रनर अप हात पारि सकेकी भेटवाको ज्वेल आ द वल्ड प्रतियोगितामा सहभागिताका लागि इभेन्ट बेटर ग्यालेक्सीले संयोजन गरेको थियो ।

संयुक्त राष्ट्रसंघको साधारण सभाले घोषण गरे अनुसार मे २१ तारिखमा अन्तर्राष्ट्रियस्तरमा वाषर््िाक रुपमा मनाइने वल्ड डे अफ कल्चर डाइभर्सिटी लाई प्रवर्दन गर्ने हेतुले यसै वर्ष देखी ‘ज्वेल अफ द इयर’ नामक प्रतियोगिता आयोजना गरिएको हो ।

गत मे १६ देखि २६ सम्म संचालन भएको सो प्रतियोगीतामा विश्वको बहुसाँस्कृतिक गौरवलाई वृहत रुपमा नेतृत्व गरेको थियो । प्रतियोगिताले महिला सुन्दरता र सशक्तिकरणको सम्मान तथा विश्वको बहुसाँस्कृतिक गौरवलाई वृहत रुपमा मनाउने मुलभुत उद्देश्य राखेको छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest