मञ्जु भण्डारी मिस प्लस टु २०१८ का प्रतिस्पर्धीसँग

बिग इभेन्ट नेपालको आयोजनामा भइरहेको “मिस प्लस टु २०१८” को आफ्नो अनुभव साट्ने (Experience Sharing) कार्यक्रमा धरान उप-महानगरपालिका को उप-प्रमुख मञ्जु भण्डारीले पनि प्रतिष्पर्धीसँगै आफ्नो बाल्यकाल देखिको अनुभवका साथै राजनितिमा उहाँले गरेको चुनौती र उपलब्धिका बिषयमा अनुभवहरु साट्नु भएको थियो ।

कार्यक्रममा प्लस टुका किशोरीहरुलाई हौसला प्रदान गर्दै नयाँ उत्साह दिने खालका बिषयहरुमा कुरा गर्नुभएको थियो । त्यसका साथै किशोरीहरुले पनि आफ्नो मनमा लागेका प्रश्नहरु उप-मेयरका अगाडि राख्ने मौका पाएका थिए ।

Manju Bhandari

बिग इभेन्ट नेपालको दोस्रो संस्करण “मिस प्लस टु २०१८” मा प्रतिष्पर्धीहरु प्रशिक्षणको दोस्रो हप्तामा आइपुग्दा सम्म उनिहरुमा धेरै सकारात्मक परिवर्तन आएको बताउछन् । उनिहरु प्रशिक्षणको तेस्रो अर्थात अन्तिम चरणमा पुगेका छन्र ।

Manju Bhandari

यहि असोज १३ गते धरान सभागृहमा हुने प्रतियोगिताको फाइनल हुनेछ । उक्त प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुनेलाई क्रमश ४५ हजार, २५ हजार र १५ हजार नगद पुरुस्कारका साथै ट्रफि क्राउन र गिफ्ट ह्याम्परले सम्मान गरिने छ । त्यसै गरेर उत्कृष्ट ५ प्रतियोगीलाई चार वर्षे ब्याचलर लेभल फ्रि स्कलरसिपको व्यवस्था गरिएको छ । यसका साथै विभिन्न विधामा टाइटल अवार्डहरु पनि रहेको छन जसमा सियोन मिस ट्यानेन्ट, बुढासुब्बा डेन्टल मिस व्युटिफुल, सगरमाथा मिस क्याटवाक, नेसनल मिस फोटोजेनिक, मिस एक्टिभ, मिस डिसिप्लिन, मिस पपुलर लगायत नौ वटा टाइटल अवार्ड रहेको छन ।

Facebook Comments

Hy, I’m Gokul & thank you for viewing my post. Please send me email if you have any suggestions and feedback.

Gokul Karki

Hy, I'm Gokul & thank you for viewing my post. Please send me email if you have any suggestions and feedback.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest