सम्विधान दिवसको अवसरमा सडक दौड सम्पन्न

सम्विधान दिवसको छेक पारेर जनजागृती समाज धरान १३ को आयोजनामा र धरान १३ वडा कार्यलयको संयोजकत्वमा वडा स्तरिय खुल्ला सडक दौड प्रतियोगिता सम्पन्न भएको छ । आज बुधवार भारी सहभागीहरु माझ सम्पन्न सडक दौड प्रतियोगितामा २ उमेर समुह र २ लैङ्गिक समुहमा विभाजन गरि प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा २ उमेर समुहमा १६ वर्ष मुनिको समुह र १६ वर्ष माथिका सहभागीलाई विभाजन गरिएको थियो । त्यसै गरेर २ लैङ्गिक समुहमा महिला र पुरुष गरी २ समुहमा विभाजन गरिएको थियो ।

राष्ट्रिय खेलकुद परिषदका बरिष्ठ बक्सिङ प्रशिक्षक अनुप कुमार लामाको प्रमुख आतित्थ्यमा आयोजित सो प्रतियोगीतलाई धरान १३ वडा कार्यलय प्रमुख नेत्र प्रसाद काफ्ले र प्रमुख अतिथि लामाले रिवन काटेर प्रतियोगिताको मेशो बसाएका थिए । २ किलोमिटर दुरीको दौडमा १२ जनालाई पहिलो दोश्रो र तेश्रो उपाधीले सम्मान गरेको थियो ।

प्रतियोगीतामा १६ वर्ष मुनिका पुरुष तर्फबाट रविन थापा मगरले १० मिनेट ३ सेकेण्डमा दुरी पार गर्दै पहिलो स्थान, सामियल राईले १० मिनेट ५२ सेकेण्डमा दुरी पार गर्दै दोश्रो स्थान र धिरज गुरुङले ११ मिनेट ४० सकेण्डमा दुरी पार गरेर तेश्रो स्थान कायम गरेका थिए । त्यसै गरेर महिला तर्फबाट सरिता थापाले १३ मिनेट ४८ सेकेण्डमा दुरी मेट्दै पहिलो स्थान हात पारेकी थिइन भने अंकिता राई र पायल सुब्बाले क्रमश १४ मिनेट १० सेकेण्ड र १६ मिनेट ५७ सेकेण्डमा दुरीलाई पुरा गर्दै दोश्रो र तेश्रो भएका थिए ।

त्यसै गरेर १६ वर्ष माथिका समुह बाट किरण राईले ८ मिनेट २६ सेकेण्डमा दुरी छिचोल्दै पहिलो स्थान पक्का गरेका थिए भने सन्देश राई र गौरव राईले क्रमश ८ मिनेट ३९ सेकेण्डमा र ८ मिनेट ५७ सेकेण्डमा दुरी छिचोल्दै दोश्रो र तेश्रो स्थानलाई हात परेको थिए । त्यसका साथै महिला तर्फ सृजना राईले १२ मिनेट ४१ सेकेण्डमा दुरीलाई मेट्दै पहिलो स्थान आफ्नो पोल्टामा पारेकी थिइन् भने मञ्जीला राई र सुजता राईले क्रमश १४ मिनेट ४८ सेकेण्ड र १५ मिनेट २० सेकेण्डमा दुरी पार गर्दै दोश्रो र तेश्रो स्थान पक्का गरेका थिए ।

विजेता प्रतियोगीहरुलाई प्रमाण पत्र र नगद पुरुस्कारले सम्मान गरिएको थियो भने पहिलो स्थान हुने प्रतियोगीहरुलाई ट्रफिले सम्मान गरिएको थियो ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest