मिस प्लस टु भव्यताका साथ सम्पन्न, अवार्डले भरिपुर्ण मिस प्लस टु

विग इभेन्ट्स नेपालको आयोजना र बराह ज्वेलरीको प्रमुख प्रायोजनमा मिस प्लस टु भव्यताका साथ सम्पन्न भएको छ । करिव डेढ महिना अघि हाँगुक सारान कोरियन रेष्टुरेण्डमा अर्डिसन राउण्डबाट सुरु भएको मिस प्लस टु २०१८ दोश्रो संस्करण धरान ८ स्थित सभागृहमा ग्राण्ड फिनाले गर्दै सम्पन्न गरेको हो । २३ प्रतिस्पर्धि सहभागी उक्त प्रतियोगितामा हिजो शनिवार मध्यराती मिस प्लस टु २०१८ दोश्रो संस्करणको विजेता घोषण गरेका थिए ।

विग इभेन्ट नेपालका डाइरेक्टर तथा मिस प्लस टु २०१८ दोश्रो संस्करणका मिडिया कोअर्डिनेटर विकाश चाम्लिङ राईले आधिकारिक कार्यक्रम सञ्चालन गर्दै कार्यक्रको मेसो बसाएका थिए । कार्यक्रमले आधिकारिकरुप लिए पछि कार्यक्रमको मनोरञ्जनात्मक कार्यक्रम सञ्चालनका निमित्त मिस प्लस टु पहिलो संस्करणका फस्र्ट रनर अप विलम चाम्लिङ राई र सेकेण्ड रनर अप आरती बस्नेतलाई जिम्मा लगाईएको थियो । २ कार्यक्रम सञ्चालिकाको कलात्मक शैलीको कार्यक्रम सञ्चालनले माहोल निकै तातिएको थियो ।

जब कार्यक्रमले चरम रुप लिएपछि कार्यक्र सञ्चालनमा विग इभेन्ट्स् नेपालका डाइरेक्टर तथा सञ्चारकर्मि दिपेन्द्र निरौला स्टेजमा उत्रिए । दिपेन्द्रको त्यो कार्यक्रम सञ्चालनको स्ट्रवेरि फ्लेवरको शैलीले माहोल नतातीने कुरै भएन माहोलमा निकै हुटिङ मच्चियो । कार्यक्रम पनि त त्यस्तै मोडमा पुगेको थियो । जव दिपेन्द्र उत्कृष्ट १० प्रतिस्पर्धी घोषणाको संघारमा पुगेका थिए ।

जम्मा २३ प्रतिस्पर्धीहरु मध्येबाट निर्णायकहरुको मार्किङको अधारमा उत्कृष्ट १० प्रतिस्पर्धी छनोट गरिएको थियो । उत्कृष्ट १० प्रतिस्पर्धीमा बेरुजा मादेन, प्रतिमा राई, संगीना श्रेष्ठ, सु्प्रिना शेर्पा, सविना अधिकारि, पेम्दिकी तामाङ, सुजिता राई, दिपिका गुरुङ, सोनु मगर र रञ्जु लिम्बु छनोट भएका थिए । उत्कृष्ट १० प्रतिस्पर्धीलाई निर्णयकहरुले सोधेको प्रश्नको जवाफको अधारमा उत्कृष्ट ५ छनोट गरिएको थियो । संगीना श्रेष्ठ, सविना अधिकारी, सोनु मगर, दिपिका गुरुङ र रञ्जु लिम्बु उत्कृष्ट ५ मा छनोट भएका थिए । उत्कृष्ट ५ प्रतियोगीहरुलाई युनि क्याम्पसले नि:शुल्क आइएलटिएल्स् कोर्षको सुविधा उपलब्ध गराएको छ । त्यसका साथै यी ५ प्रतिस्पर्धीलाई स्नातक तहमा विभिन्न कलेजहरुबाट छात्रवृत्ति प्रदान गरेको छ ।

अवार्ड नै अवार्डकाे मिस प्लस टु

व्युटि फोकस ट्यालेण्ड हैन ट्यालेण्ड फोकस व्युटि हो मिस प्लस टु । त्यसैले त अवार्डले भरिपुर्ण थियो मिस प्लस टु । २३ प्रतिस्पर्धी सहभागि उक्त प्रतियोगितामा १२ वटा अन्य टाइटल अवार्ड रहेको थियो । भारि अवार्ड प्रदान गरेको यो आयोजनाले विजेता एक मात्र हैन सवै सहभागीहरुले उपाधि उठाएको महसुस गराएको थियो ।

रातको १२ बजिसकेको थियो दिपेन्द्र पनि विजेता घोषण गर्न निकै उत्साहित थिए । दर्शकहरुमा त्यस्तै उत्साह अनि हुटिङ हल निकै तातिएको थियो । हलको माहोल पहिले भन्दा निकै तातिएको थियो । ढिला नगरी कार्यक्र सञ्चालक दिपेन्द्रले मिस प्लस टु २०१८ दोश्रो संस्करण विजेता घोषण गरे । प्रतिस्पर्धी नम्बर २१ संगीना श्रेष्ठले मिस प्लस टु २०१८ दोश्रो संस्करणको विजेताको रुपमा घोषणा भयो । त्यसै गरेर सोनु मगर फस्र्ट रनर अप र दिपिका गुरुङ सेकेण्ड रनर अपको उपाधि हात पारे ।

विजेता श्रेष्ठले नगद ४५ हजार सँगै उपाधिको क्राउन पहिरिएकी थिइन । यसका साथै उनले ज्योती लाइफ इन्सुरेन्सबाट १५ लाखको नि:शुल्क दुर्घटना विमाको सुविधासमेत पाएकी छिन । विजेता श्रेष्ठले उपाधि सँगसगै नेपाल फिजिक मिस पर्सनालिटि र कुजानु खाजाघर मिस भ्युअर्स च्वाइसको टाइटल अवार्ड पनि जितेकि थिइन । उप विजेता सोनुले नगद २५ हजार र १० लाख बराबरको दुर्घटना विमाको सुविधा हात पारिन भने दिपिकाले नगद १५ हजार र ५ लाख बराबरको दुर्घटना विमा हात पार्न सफल भएकी छिन ।

यस्तै, अन्य टाइटलहरुमा रेड कार्पेट मिस डिसिप्लिन सोना राई, सगरमाथा कलेज मिस फ्रेण्डसिप र सेताङ अग्र्यानिक मिस बेष्ट ड्रेसको उपाधि बेरुजा मादेनले जितिन् । बुढासुब्बा डेन्टल मिस स्माइल प्रिति लिम्बु, ज्योति लाइफ इन्स्युरेन्स मिस वेष्ट फोटोजेनिक प्राेजिता तामाङ, सिओन स्कुल मिस ट्यालेन्ट सुजिता राई, एनआइसि एसिया वेष्ट वाक सुप्रिना शेर्पा, पिपल सप मिस एक्टिभ प्रतिमा श्रेष्ठ र युनि क्याम्पस मिस ब्युटिफुलको टाइटल सविना अधिकारीले जितिकी छिन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest