एभेन्जर्स : इन्डगेम बक्स अफिसमा तहल्का मच्चाउदै

यो साता विश्वभरिकै सहरमा सर्वत्र चर्चामा रहेकाे हलिउड चलचित्र एभेन्जर्स : इन्डगेमले बक्स अफिसमा पनि ठाउ जमाउदैछ । गत अप्रिल २६ मा सार्वजानिक गरिएको यो चलचित्रले सार्वजानिक भएको एक हप्तामा एक अरव साठी लाग अमेरिकी डलर कमाएको तथ्या‌ङ्कले देखाएको छ ।

तथ्याङ्क अनुसार यो चलचित्रले घरेलु दर्शक तथा अन्तराष्ट्रिय दर्शकबाट राम्रो कलेक्शन गर्न सफल भएको छ । गत मे १ तारिकको तथ्याङ्क अनुसार ४५ करोड २३ लाख ५१ हजार ७ सय ८६ अमेरिकी डलर घरेलु प्रदर्शन मार्फत कमाइ गरेको हो । यो जम्मा कमाइको २७ दशमलव २ प्रतिशत हो । त्यसै गरेर १ अरव २१ करोड १८ लाख अमेरिकी डलर अन्तराष्ट्रिय दर्शकबाट कलेक्शन गर्न सफल भएको हो । यो जम्मा कमाईको ७२ दशमलव ८ प्रतिशत हो ।

सार्वजानिकको हप्ता दिनमै अरबाैको कमाइ सँगै यो चलचित्र विश्व बक्स अफिसमा ६आै स्थानमा पर्न सफल भएको छ ।

मार्भेल स्टुडियोको ब्यानरमा तयार पारिएको चलचित्र एभेन्जर्स थानोस र उसको दुनियाँको अन्त्यबारे रचिएको अन्तिम शृंखला पनि हो । टाइम ट्राभलमा आधारित यस चलचित्रलाई एन्थोनी र जोय रुसोले निर्देशन गरेका हुन् । ३ घन्टा २ मिनेटको लामो चलचित्रमा रोबर्ट डाउने जुनियर, क्रिस इभान्स, मार्क रफेलो, क्रिस हेम्सवर्थ, स्कारलेट जोहान्सन, ब्राय लार्सनलगायत स्टारको भीड छ । नेपाली चलचित्र हलहरुमा पनि यो चलचित्र हेर्ने दर्शकको घुइचो उतिकै छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest