अब ट्रयाक परिवर्तन गर्छु – दयाहाङ राई

नेपाली चलचित्र जगतमा पहिलो इन्ट्री मार्दा कुनै चलचित्रको प्रमुख नायकको भुमिकामा या त प्रमुख द्धन्द्ध अभिनयमा । यो नेपाली चलचित्र इतिहासमा परम्परा नै बसेको थियो । तर, अहिले यो परम्परा तोडिएको छ । नेपाली रंगकर्मीहरु चलचित्रमा डेब्यु गर्दा नेपाली चलचित्रको पुरानो परम्परा नायकत्वलाई चिर्दै चरित्रको नयाँ युगलाई प्रवेश गराए । हाल नेपाली चलचित्र उद्योगमा दयाहाङ राई, सौगात मल्ल, खगेन्द्र लामिछाने, नाजिर हुसैन आदि कलाकारको नामले चर्चाको शिखर चुमेको छ ।

जब नेपाली चलचित्र जगतमा रंगकर्मीहरुको आगमन भयो तब नेपाली चलचित्रले काँचुली फेर्‍यो । स्तरिय चलचित्र निर्माण हुन थालेको छन, आजभोलीको चलचित्रमा अज्र्ञानिक कथावस्तुमा आधारित अज्र्ञानिक अभिनय हेर्न पाइएको छ । रंगमञ्च पृष्ठभुमीका जो कलाकार थिए ती कलाकारहरु अहिले चलचित्र खेल्न भ्याइ नभ्याइ छ ।

रंगमञ्च पृष्ठभुमी बाटै नेपाली चलचित्रमा प्रवेश गरेका दयाहाङ राई व्यस्त अभिनेताको रुपमा परिचित छन । अभिनेत दयाहाङ यति व्यस्त भए कि जो उनी स्वयंलाई पनि थाह हुदैन थियो कुन चलचित्र कुन हलमा र कुन िमितीमा सार्वजानिक हुदैछ । पछिल्लो समय उनीद्धारा अभिनित २ चलचित्र एकसाथ सार्वजानिक पनि भए ।

अब भने अभिनेता दयाहाङले ट्रयाक बदल्ने सोच बनाएका छन । अव धेरै होइन, राम्रा र थोरै चलचित्रमा मात्र काम गर्छु । यति घोषणा त गरे तर उनको अझ भैरे, नीरफुल र आप्पा प्रदर्शनको तयारीमा छन भने रामबाबु गुरुङको साइँली चलचित्रमा अनुबन्धित भइसकेका छन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest