पानी रोक्यो छक्का पञ्जा ३ को छायांकन

नेपाली चलचित्र छक्का पञ्जा ३ को छायांकन पानीले अबरुद्ध गरेको छ । २ दिन देखि निरन्तर पानी पर्दा चलचित्रको छायांकनमा असर परेको हो । चलचित्रको एउटा गीतको छायांकन काठमाण्डौ स्थित गोकर्ण रिसोर्टमा सुरु गरिएको थियो तर वर्षातको कारण ठप्प छ ।

छायांकन भैरहेको गीतमा स्वस्तिमा खड्का, वर्षा राउत, प्रियंका कार्की, केदार घिमिरे (माग्ने बुढा), जितु नेपाल (मुन्द्रे), दीपिका प्रसाई, बुद्धि तामाङ लगायत कलाकारको अभिनय रहेको छ । पानीको कारण गीतको छायांकन अधुरै रहन पुगेको निर्माता दीपकराज गीरीले जानकारी दिएका छन ।

दशैंको छेक पारेर प्रदर्शनमा ल्याउन तयार गरिएको गीतको छायांकन एक हप्ता पर सर्ने योजना छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest