कहि कतैको पोष्टर बल्ल सार्वजानिक

नेपाली चलचित्र जगतमा प्रचारप्रसार गर्दा कसरी चर्चा पाउने भन्ने विषयमा ध्यान केन्द्रित हुन्छ । पछिल्लो समय चलचित्रको चरित्रलाई ससपेन्समा राखेर प्रचार गर्ने शैलीले निकै ठाउ पाएको थियो । यो प्रयोग निकै पुरानो भएपछि चलचित्रकर्मीहरु अब के गर्ने त ? भन्ने विषयले पीडीत थिए । तर जहा समस्या त्यहा उपाय । नभन्दै नयाँ प्रयोग ल्याएरै छाडे । चलचित्रको पोस्टर सस्पेन्समा राखेर चलचित्र ट्रेलर र गीत सार्वजानिक गरेर प्रचारप्रसार गर्न थाले ।

यहि श्रावण २५ गतेलाई प्रदर्शनको मिती तय गरेको चलचित्र ‘कहि कतै’ को निर्माण टिमले पनि यहि शैली अपनाएका छन । पहिले गीत र ट्रेलर सार्वजानिक पछि बल्ल पोष्टरलाई सार्वजानिक गरे ।

सविर श्रेष्ठद्धारा निर्देशित चलचित्र ‘कहि कतै’ मा दिलिप रायमाझी, सिवाली गिरी र सोनम बरफुङपको प्रमुख भुमिका रहेको छ साथै किशोर खतिवडा र उमा बेबीको पनी अभिनय रहेको छ । उमा बेबीको निर्माणमा बनेको उक्त चलचित्रलाई शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको छ । अर्जुन जीसीले सम्पादन गरेको चलचित्रमा रोशन श्रेष्ठको एक्सन र सचिन सिंह र लक्की सिटौलाको संगीत रहेको छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest