चलचित्र बोबीको प्रचारमा मेघास्टार राजेश पायल राई व्यस्त

यहि असार २९ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बोबी’ को व्यापक प्रचारप्रसार भइ रहेको छ । रियल स्टोरीमा रहेको यो चलचित्रको प्रचारप्रसारमा मेघास्टार राजेश पायल राई निकै व्यस्त रहेका छन । चलचित्रको कथा जसको हो उहि व्यक्तिको अभिनय रहेको छ । उमेश थापा र कविता गुरुङ आफ्नो वास्तविक प्रेमकथामा निर्मित चलचित्रमा अभिनयमा आएका छन ।

सदाबहार व्यस्त मेघास्टार राजेश पायल राई बोबीको प्रचारप्रसार गर्दै पोखरा, हेटौडा हुदै मोफसलमा आइपुगेका छन । चलचित्र बोबीको प्रचारप्रसारको क्रममा मेघास्टार राईले इटहरी, धरान, दमक, विर्तामोड हुदै काठमाण्डौ सम्म यात्रा गर्नेछन । मेघास्टार राईले धरान र इटहरीमा सकेर झापा पनि सकेका छन । हरेक प्रचारप्रसारमा मेघास्टार राईले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिइरहेका छन ।

मिलन चाम्सद्धारा निर्देशित चलचित्रमा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायत कलाकारहरुको अभिनय रहेको छ । चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘बोबी’ मा संचारकर्मी नरेश भट्टराई/गिरिराज घिमिरेको स्क्रिप्ट, अर्जुन जिसीको सम्पादन र बसन्त सापकोटा/ताराप्रकाश लिम्बुको संगीत रहेको छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest