चलचित्र बाबु कान्छाको टाइटल गीत सार्वजानिक

नेपाली चलचित्र उद्योगमा यहि असार २९ गते रिलिजको तयारीमा रहेको चलचित्र ‘बाबु कान्छा’को टाइटल गीत बजारमा सार्वजानिक भएको छ । निकै लामो समय पछि शम्भुजीत बास्कोटा यहि गीत बाट कमब्याक गर्दैछन । शम्भुजीत बास्कोटाको स्वरमा रहेको उक्त गीतमा टंक बुढाथोकीको शब्द एवम् संगीत रहेको छ ।

चलचित्र बाबु कान्छामा निर्देशक स्वयं शोभित बस्नेत पुत्र सलोन बस्नेतको अभिनय रहेको छ । अभिनेता सलोनका साथमा नीर शाह, सरोज खनाल, करिष्मा श्रेष्ठ, राजाराम पौडेल, लय संग्रोला, ऋतिक शाही, संम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ, बिक्रम कंडेललगायत कलाकारहरुको अभिनय रहेको छ ।

सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको ‘बाबु कान्छा’ मा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह(निर्माताको रुपमा रहेका छन् । बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको फिल्ममा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाले कोरियोग्राफी गरेका छन् ।

चलचित्रमा अस्ट महर्जनको एक्शन,गौतम राज खड्काको सम्पादन ,ओम सुनारले उक्त गीतकाे रिमिक्स गरेका छन् । सलोनको बढ्दो क्रेजले यस चलचित्रलाई ठूलो फाइदा पुग्ने चलचित्र विश्लेषकहरुले अनुमान गरेका छन् ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest