चि मुसी चि टिम प्रचारप्रसारमा मोफसल

यहि श्रावण ११ गते लाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘चि मुसी चि’का टिम प्रचारप्रसारको गर्दै मोफसल छिरेका छन । प्रचार प्रसार गर्ने क्रममा हिजो घरानमा प्रोमोशनल रोड शो भव्यताका साथ सम्पन्न भएको छ । बाकुलो दर्शकहरुको उपस्थितलाई स्वागत गर्दै कान्छाको आव्हान गर्दै नेपाल आइडल उत्कृष्ट ५ प्रतियोगी सुजता पाण्डेले ‘चि मुसी चि’ टाइटल गित गाएर भरपुर मनोरञ्जन दिएकी थिइन ।

कार्यक्रममा डान्स इण्डिया डान्स सिजन ४ बाट मनग्गै चर्चा बटुलेका सुनिल क्षेत्री र एमटिभी स्प्लिटभिल्लाका सहभागी अलिशा शर्माको दमदार प्रस्तुतीले दर्शकहरुलाई निकै नै रोमाञ्चित बनाएको थियो । यस साथै नायक शुशान्त कार्कीको पनि नृत्य रहेको थियो ।

प्रोमोशनल रोड शो देशैभर गर्ने चलचित्रका निर्देशक दिनेश श्रेष्ठले बताएका छन । मोफसलमा विर्तामोड धरानमा सम्पन्न भए लगतै हेटौडा, नारायणगढ, बुटवल, भैरहवा, पोखरा, दमौली हुदै काठमाण्डौ लगायतका शहरहरुमा चलचित्रको प्रमोशनल रोड शो हुने कार्यक्रम सेड्युल रहेको छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest