चलचित्र बोब्बी प्रदर्शनको दिन दर्शकहरुको आँखामा आँशु

नेपाली चलचित्र जगतमा रियल स्टोरी रियल चरित्रलाई प्रस्तुत गर्दै चलचित्र बोब्बी आज बाट नेपाल अधिराज्यभर प्रदर्शन भएको छ । प्रदर्शनको पहिलो दिन चलचित्रले राम्रो व्यापार गर्ने छाँटकाँट देखिएको छ । कसैको यथार्थ कथामा आधारित चलचित्र बोब्बीले दर्शकहरुको मन जीत्न सफल भएको छ ।

धरान स्थित गणेश टाकिज चलचित्र हलमा चलचित्र हेर्न आगन्तुक दर्शकहरुको आज रुवावासी नै चलेको थियो । चलचित्रको हरेका दृश्यले दर्शकहरुलाई भावुक बनाएको थियो ।

जव चलचित्र हेरिसके पछिको केहि समय भने निकै सन्नटा छाएको थियो । चलचित्र हलको ग्राउण्ड फ्लोरमा जव कन्फ्युजनेपालले दर्शक प्रतिक्रिया लिइरहेको थियो त्यस समय हरेक दर्शकको आँखामा आँशु ताजै देखिएको थियो । दर्शकहरुको प्रतिक्रियामा चलचित्र एकदमै उच्चकोटिको रहेको र रियल स्टोरी भएकोले आफ्नै कथा जस्तो महसुस भएको बताएका छन । कति दर्शकको भने आफ्नै भोगाइलाई चलचित्रमा देखाइएको महसुस गरेको प्रतिक्रिया दिए ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest