प्रियंकालाई निर्देशकको अनौठो सर्त

नेपाली चलचित्र जगतमा आफ्नो छुट्टै पहिचान बनाएकी अभिनेत्री प्रियंका कार्कीलाई चलचित्र निर्माता तथा निर्देशकहरुबाट अनौठो सर्त आउनु थालेको छ । सामाजिक सञ्जालमा एकदमै रुझेकी अभिनेत्री प्रियंका हरेक घटनाको फोटो अप्लोड गरेर सामाजिक सञ्जाल फेसबुकमा अप टु डेट रहन रुचाउने कलाकार हुन ।

उनको फेसबुक हेर्ने हो भने उनी के गर्दै छिन, कता छिन यावत कुरा हामीले सजिलै बुझ्न सक्छौ । उनी कुनै चलचित्रको छायांकनको दौरानमा रहे पनि तस्वीर चलचित्र सेट बाटै अपलोड गर्न कुनै पनि अप्ठेरो मान्दिनन् । तस्वीरसँगै सम्बन्धित कलाकारहरुको पहिरन र गेटअप आदि कुराहरु बाहिरिने डर चलचित्र निर्माताहरुमा पैदा हुने गरेको छ ।

आफ्नो चलचित्रको तस्वीर फ्लोरमै रहेको बेला बाहिरिन थालेपछि निर्माता – निर्देशकहरुले अभिनेत्री प्रियंका सँग अनौठो सर्त राख्न थालेका छन । अभिनेत्री प्रियंकालाइए ‘छायांकनकै क्रममा चलचित्रको गेटअपमा तस्वीर अपलोड गर्न नपाइने’ मौखिक सर्त आउन थालेको छ । हरेक घटना तथा परिघटनाको बारेका तस्वीर अपलोड गर्न रुचाउने अभिनेत्री प्रियंकालाई यो सर्त कतिको पच्ला त ? के प्रियंकाले यो सर्त पालना गर्लिन त ? यो त आगामी दिनहरुले देखाउने नै छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest