अभिनेत्री प्रियंका कार्कीको इङ्गेजमेन्ट

नेपाली चलचित्र क्षेत्रमा छोटो समयमा धेरै चर्चा बट्ुल्न सफल नायिका प्रियंका कार्कीले अभिनेता आयुष्मान देशराज जोशी सँग इङ्गेजमेन्ट गरेकी छिन । गत २ वर्षदेखि यो जोडि प्रेम सम्बन्धमा रहेको चर्चा चलेको थियो । गाप्य रुपमा शनिवार एक पारिवारिक माहोलका बिच दुबैले औँठि साटासाट गरेर प्रेम सम्बन्धलाई अझ बलियो रुप दिएका छन ।

चलचित्र ‘कथा काठमाण्डु’ को छायांकन ताकादेखी नै यी दुईले प्रेम सम्बन्धमा प्रवेस गरेको चर्चा थियो । यो चर्चाले मिडियामा राम्रो ठाउँ लिएको थियो । यो जोडिले मिडियामा पनि खुल्लमखुल्ला हामी दुई प्रेम सम्बन्धमा रहेको बताउदै आएका थिए । उक्त इङ्गेजमेन्ट समारोहमा अभिनेत्री कार्की र अभिनेता जोशी परिवारका सदस्यहरुको मात्र उपस्थिति रहेको थियो ।

समारोह पछि आयुष्मानकी आमा रविना देशराजले आफ्नो इन्स्टाग्राममा केहि तस्विर सार्वजानिक गर्दै हुनेवाला बुहारी र छोरालाई बधाइ व्यक्त गरेकी छिन । त्यसै गरेर सामाजिक सञ्जालमा पनि पूर्व मिस नेपाल जेनिशा कोक्तानले पनि औँठि साटेको फोटो पोस्ट गर्दै बधाई दिएकी छिन ।

यो जोडिको इङ्गेजमेन्ट भएपनि विवाहको मिति भने पक्का भएको छैन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest