साली कसको भेनाको चलचित्रको ट्रेलर सार्वजानिक

नेपाली सामाजिक हाँस्यप्रधान चलचित्र ‘साली कसको भेनाको’ को ट्रेलर भर्खरै सार्वजानिक भएको छ । चलचित्रको ट्रेलर एक कार्यक्रम गरि युट्युव मार्फत सार्वजानिक गरिएको हो ।

भद्र भुजेलद्धारा निर्देशित चलचित्रमा विल्सन विक्रम राई, बुद्धि तामाङ, रजीनी गुरुङ, मरिष्का पोखरेल, सुष्मा कार्की, जगनन्द लामा, कविता आले, वीरेन श्रेष्ठ, पुष्प आचार्यलगायत कलाकारहरुको अभिनय रहेको छ । निर्देशक भद्र भुजेलका अनुसार हाँस्यविधामा निर्माण गरिएको चलचित्रबाट दर्शकहरुले मन पराउने छन ।

रामप्रसाद श्रेष्ठ, सुशीलगोपाल न्याछ्यो, काजीमान श्रेष्ठ विशाल, कमला भट्टराई र मुक्ति अधिकारीको संयुक्त लगानीमा निर्माण भएको चलचित्रमा प्रसाद श्रेष्ठको प्रस्तुती रहेको छ । चलचित्रमा समावेश गीतमा प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी र मिन घलानको संगीत रहेको छ ।

दीर्घ गुरुङको क्यामेराको लेन्समा कैद गरिएको चलचित्र ‘साली कसको भेनाको’ मुभिङ पिक्चर्स प्रालिको ब्यानरमा निर्माण गरिएको छ । पुष्प आचार्यको चलचित्र स्किृप्टलाई बनिष शाहले सम्पादन गरेका छन ।

यहि भाद्र २९ गते देखि देशभरको चलचित्र हलमा प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘साली कसको भेनाको’ समसामयिक सामाजिक विषयमा निर्माण गरिएको हो ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest