फ्राइडे रिलिजमा भैरेको बर्चस्व

आज शुक्रबार ३ नेपाली चलचित्र प्रदर्शनमा आएका छन । भैरे, पण्डित बाजेको लौरी र चक्कर गरि ३ चलचित्र नेपाल भरि प्रदर्शनमा आएका हुन । यी ती चलचित्रहरुमा व्यापारको हिसाबले चलचित्र भैरेको बर्चस्व रहेको छ ।

नेपाली पन बोकेको अज्र्ञानिक मानिने नेपाली चलचित्र भैरेले देशभरका अधिकांस सिनेमा घरहरुमा प्रदर्शनमा आएको छ । नेपाली चलचित्रका मेजर स्टेशन तथा अधिकांस चलचित्र घरहरुमा भैरे प्रदर्शन भएको छ । हलमा शो पाउनु र कलाकारहरुको टिम अनि गीत संगीतको कारण पनि चलचित्र भैरे अरु भन्दा अगाडि रहेको छ ।

चलचित्र भैरेले जति पनि हलमा प्रदर्शन भए ती सबै हलहरुमा दर्शकहरुको भिड सन्तोषजनक नै रहेको छ । एभरेष्ट सुर्य बोहोराको निर्देशनमा बनेको चलचित्र भैरेमा दयाहाङ राई, बुद्धि तामाङ, सुरक्षा पन्त, बर्षा सिवाकोटि, विक्रान्त बस्नेत, जान्वी बोहरा लगायत कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको सनम माया लाको बोलको गीत निकै चर्चाको शिखरमा रहेको छ । हुन त यस चलचित्रको अर्को गीत सान्नानीलाई भेट्न जाँदा बोलको गीत पनि उतिकै चर्चामा रहेको छ । समग्रमा चलचित्र भैरेको २ गीत यतिबेला बच्चा देखि बृद्ध सम्मको मुखमा झुण्डिएको छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest