रामकहानीको ट्रेलर सार्वजानिक

नेपाली चलचित्र जगतमा ‘मेरो एउटा साथी छ’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’ जस्ता सफल चलचित्र निर्देशन गरि सकेका निर्देशक सुदर्शन थापाको नयाँ चलचित्र ‘रामकहानी’ को ट्रेलर सार्वजानिक भएको छ । अहिलेको सन्दर्भमा निर्देशक सुदर्शन थापाको नामले मात्र पनि चलचित्रले सफलता हात पार्ने अवस्था रहेको छ ।

यहि भाद्र २२ गतेलाई प्रदर्शनी मिती तय गरेको चलचित्र रामकहानीको ‘तिम्रो लागि म छु’ बोलको गीत सार्वजानिक भएसँगै उक्त सार्वजानिक गीतले राम्रो दर्शक बटुलेको थियो । त्यस लगत्तै चलचित्र टिमले आज विहिवार अफिसियल ट्रेलर सार्वजानिक गरेको हो । ट्रेलरमा प्रेम, मिलन, विछोड, रोदन, कमेडी अनि थ्रिल सबै खुराकलाई समेटिएको छ ।

पुजा शर्मा र सुदर्शन थापाले संयुक्त लगानीमा निर्माण भएको यो चलचित्रमा अभिनेता आकाश श्रेष्ठ र स्वयं निर्मात्री पुजा शर्माको साथमा केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई र रविन्द्र झा प्रमुख भुमिकामा रहेका छन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest