फ्राइडे रिलिजमा कायराको बर्चस्व

नेपाली चलचित्र कायरा आजबाट देशभर प्रदर्शन भएको छ । लामो समय पछि अभिनेता आर्यन सिग्देल पर्दामा कायरा चलचित्रबाट देखा परेका हुन । उनी पर्दामा अभिनय गर्दै देखा परे सँगै चलचित्र निर्माताको रुपमा पनि देखा परेका छन । आजबाट प्रदर्शन भएको चलचित्र कायरा अभिनेता आर्यन कै निर्माणमा बनेको हो ।

चलचित्र जगतमा चकलेटि नायकले चिरपरिचित आर्यन पछिल्लो समय देखि नै लभस्टोरी चलचित्रमा अब्बल ठहरिदै आएका थिए । उनको यहि अभिनयको कारण र धेरै समय पछिको अभिनयले पनि चलचित्र कायराले ओपनिङ ब्यापार चित्त बुझ्दो गरेको छ ।

चलचित्र झमक बहादुर पनि आज बाट प्रदर्शन भएता पनि आजको बक्स अफिसमा कायराको बर्चस्व रहेको छ । नेपाली चलचित्र जगतमा बक्स अफिस लागु भए देखि अहिले सम्म भैरे र बोब्बीले बक्स अफिसमा जमेका छन । ओपनिङ व्यापार हेरि रहँदा कायराले भोली अरु चलचित्रलाई बक्स अफिसमा पछार्ने हो की भन्ने अनुमान हुन थालिसकेको छ । त्यो त यो हप्ता कुर्नै पर्ने हुन्छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest