अन्तत सुविनले न्याय पाए

नेपाली चलचित्र ब्ल्याकलाई आफ्नो रचना चोरि भएको भन्दै आरोप लगाएका युवा आख्यानकार सुविन भट्टराईले अन्तत: न्याय पाएका छन । आजबाट प्रदर्शनमा आएको चलचित्र ब्ल्याकले लेखक सुविनको चौथो कृति मनसुनलाई विशेष धन्यवाद दिएको छ ।

चलचित्रको ट्रेलर प्रदर्शन पछि सुविनले आफ्नो फेसबुक पोस्ट मार्फत चोरिको अभियोग लगाएका थिए । सुविनका कति फ्यानले पनि चलचित्रको ट्रेलर शेर गर्दै चोरिको अभियोग लगाउदै समर्थन गरेको थिए ।

आख्यानकार सुविनको स्ट्याटस जस्ताको तस्तै
फिल्मको नाम Black रे । लौ हेर्नुस् यहि Black को कालो कर्तुत । नेपाली फिल्म जगतको चोरी (यसलाई त डकैती नै भने भो) अझै कति कति सहनुपर्ने हो ।

योपटक पुस्तकबाटै चोरेछन् ।

हामी दुबैबीच प्रेम थियो या थिएन, तर केही त थियो, जो प्रेमजस्तै मिठो थियो ।
(मनसुन पेज नम्बर ७३)

प्लिज ‘यति जाबो चोर्दैमा के हुन्छ र ?” “यति त जसले पनि सोच्न सकिहाल्छ नि ! ” ” यो त मैले बच्चैदेखि सुनेको हुँ” भन्ने कुर्तक चाहिँ नगर्नु होला ।

नोटः यो फिल्मको पब्लिसिटी गरेको होइन । यहाँहरु यो चोरीको बिरोध गर्नुहुन्छ भने यूट्यूमा आफ्नो प्रतिक्रिया जनाइ डिस्लाइक गरिदिनुहोला । जे सुकै चोरोस् चोर चोर नै, तिनीहरुको बिरोध नगुर्न पनि मौन समर्थन नै हुन सक्छ कि !!!!!!!!!

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest