अभिनेता प्रदिप खड्कालाई चलचित्रको ओइरो

नेपाली चलचित्र जगतमा डाइमण्ड अभिनेताको अर्को नाम हो प्रदिप खड्का । अहिने बक्स अफिसमा पनि पोइसा छाप्ने मेसिन भन्न थालिएको छ । चलचित्र निर्माताहरुले चलेको नायक वा नायिका उनिहरुको चलचित्रमा लिनु स्वभाविक नै हो । निर्माताहरु चलचित्रमा लगानी गरेर फाइदा कमाउने सोच अनुरुप चलचित्रमा लगानी गर्दछन । अहिने नेपाली चलचित्र दर्शकहरु पनि चलचित्रको कथा बस्तु भन्दा धेरै त चलेको अभिनेता हेरेर मात्र चलचित्र हेर्ने गरेको पाइएको छ ।

अभिनेता प्रदीप खड्कालाई पनि चलचित्र निर्माताहरु हाल आफ्नो चलचित्रमा लेउने कुरामा लुछाचुडी नै गर्नु थालेको छन । चलचित्र निर्माताहरुमा पनि चलचित्रको कथा वस्तु भन्दा चभिनेता छान्नु थालेका छन । नेपाली चलचित्र जगतमा अभिनेता खड्काले सर्वाधिक चर्चा सँगसँगै महँगो अभिनेताको परिचय पनि दिन थालेका छन । चलचित्र ‘लिलिबिली’ मा २५ लाख पारिश्रमिक लिएर अनुबन्ध भएका अभिनेता खड्कालाई अहिले ५० लाखको अफर आइरहेको छ ।

यहि भाद्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रोजी’ को प्रचारमा व्यस्त रहेका अभिनेता खड्कालाई हाल ३ चलचित्रबाट ५० लाखको अफर आएको छ । प्राप्त जानकारिअनुसार उनले केहि दिनमा तीन चलचित्र मध्य एक चलचित्रमा साइन गर्दैछन । अभिनेता खड्काले तीनै चलचित्रको वान लाइन स्टोरी पनि सुनिसकेका छन भने अहिले सम्म कुन चलचित्रमा काम गर्ने भन्ने खुलाएका छैनन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest