चलचित्र रामकहानीको नया गीत सार्वजानिक

नेपाली चलचित्र रामकहानीको नया गीत सार्वजानिक भएकोछ । चलचित्र निर्माण टिमले ‘आए म तिम्रो छेउ’ बोलको गीतको रिलिकल भिडियो सार्वजानिकमा ल्याएको हो । अर्जुन पोखरेलको रचना तथा संगीतमा रहेको गीतमा गायक सुगम पोखरेल र गायिका अञ्जु पन्तको स्वर रहेको छ ।

सुदर्शन थापाद्धारा निर्देशित चलचित्र रामकहानीलाई ट्रेलर र संगीतले चुल्याउदै गर्दा बक्स अफिस नतिजालाई लिएर पूर्वअनुमान पनि लगाउन थालिएको छ । निर्देशक सुदर्शन थापाको ‘प्रेमगीत’, ‘मेरो एउटा साथी छ’, म यस्तो गीत गाउँछु, जस्ता चलचित्रको सफलतालाई हेरेर चलचित्र रामकहानीको पनि व्यापार गर्ने अनुमान विश्लेशकहरुको छ ।

यहि भाद्र २२ गतेलाई प्रदर्शनी मिति तय गरेको चलचित्रमा केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा, राजाराम पौडेललगायत कलाकारहरुको प्रमुख भुमिका रहेको छ । यो चलचित्रलाई निर्देशक थापा स्वयंले लेखेका हुन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest