सारुख र साम्राज्ञी विवाह बन्धनमा

यहि असोज ५ गतेबाट प्रदर्शनकाे तयारीमा रहेकाे चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को तेस्रो गीत ‘जुरायो जुरायो’ सार्वजनिक भएको छ । चलिचत्रका प्रमुख कलाकार सारुक ताम्राकार र साम्राज्ञी राज्यलक्ष्म शाह अभिनित गीतमा राजेशपायल राई र मेलिना राईको स्वर रहेकाे छ । गीतमा सारुक र साम्राज्ञीको मगनीको समय देखाइएको छ ।

कोरियोग्राफी पृष्ठभूमिबाट चलिचत्र निर्देशनमा छलाङ मारेकी रेनाशा वान्तवा राईको निर्देशनमा बनेको चलिचित्रको यो गीतमा बसन्त सापकोटाको रचना र संगीत रहेकाे छ । विवाहको माहौलमा खिचिएको गीतमा अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, रुवी रानालगायतका कलाकारलाई पनि देख्न सकिन्छ । सार्वजानिक गीतमा विक्रम लामा र एन्जिला खत्रीकाे कोरियोग्राफी रहेकाे ५ ।

नवनायक धिरज मगरको समेत अभिनय रहेको चलचित्रमा प्रभु शमशेर राणा र प्रज्वल शमशेर जबराको निर्माण रहेकाे छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest