रोजलाई रामकहानीले पछार्दै

भदौ २२ बाट एकसाथ नेपालभर प्रदर्शनमा आएको चलचित्र ‘राम कहानी’ र ‘रोज’ को भिडन्त चलिरहेको छ । यसै भिडन्तमा सोमबार सम्मको बक्स अफिस रेकर्ड हेर्दा रामहानीले चलचित्र रोजलाई पछि पार्दै आइरहेको छ ।
ओपनिङ डेमा चलचित्र रोजले सर्वाधिक हलहरु पाएतापनि दोस्रो दिनदेखि चलचित्र रामकहानीले सर्वाधिक हलहरु प्राप्त गर्दै करोड क्लबमा समाबेस हुन सफल भएको छ । चलचित्र रोजको मुख्य भुमिकामा प्रदिप खड्का, मिरुना मगर र परमिता आर एल राना रहेका छन् त्यसै गरि रामकहानीमा पुजा शर्मा, आकाश श्रेष्ठ, केदा प्रसाद घिमिरे, जितु नेपाल, विल्षन बिक्रम राई, रबिन्द्र झा र राजाराम पौडेल छन् ।

शुक्रबार प्रदर्शन गरीएको दुबै चलचित्रले सोमबारसम्म आइपुग्दा रोजले ८२ लाख ५८ हजारको ग्रस कलेक्सन गरेको छ भने रामकहानीले १ करोड २० लाख भन्दा माथिको कारोबार गरेको छ । अझै थुप्रै हलहरुमा प्रदर्शन भइरहेको यस दुबै चलचित्रहरुले आउदो दिनहरुमा के कस्तो कारोबार गर्नेछन् त्यो भने हेर्न बाँकी छ ।

Facebook Comments

Hy, I’m Gokul & thank you for viewing my post. Please send me email if you have any suggestions and feedback.

Gokul Karki

Hy, I'm Gokul & thank you for viewing my post. Please send me email if you have any suggestions and feedback.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest