सर्वत्र रामकहानी

नेपालमा प्रदर्शनरत चलचित्र ‘रामकहानी’ यूरोप, अष्ट्रेलिया, अमेरिकासहित विभिन्न मुलुकमा प्रदर्शन हुन लागेको छ । चलचित्रका निर्देशक चलचित्रको प्रदर्शन यहि सेप्टेम्बर १६ मा अमेरिकाको बोष्टनमा हुँदैछ । यसपछि अमेरिकाका विभिन्न राज्यमा पनि प्रदर्शन हुनेछ । चलचित्र अष्ट्रेलियाको मेलबर्नमा पनि प्रदर्शन हुँदैछ ।

चलचित्रको यूरोप प्रदर्शनकाे लागि भने डेनमार्कबाट सुरु हुँदैछ । डेनमार्कपछि पोल्याण्ड, स्पेन, पोर्चुगल, जर्मन लगायतका १० वटा देशमा पनि चलचित्र देखाइनेछ । कतार, ओमान, जापान, बहराइन लगायतका देशमा पनि प्रदर्शन गरिनेछ ।

‘नेपालमा सफल प्रदर्शन र सकारात्मक समिक्षा आएपछि विश्वभरबाट चलचित्रको डिमाण्ड आइरहेको छ । हामी, विश्वभर रहेका नेपाली दर्शकहरुमाझ चलचित्र प्रदर्शन गर्ने तयारीमा छौ ।’ उनले भने । चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झालगायतको अभिनय देख्न सक्नुहुनेछ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest