प्रसादको ‘बनकि चरी’ सार्वजानिक

नेपाली चलचित्र प्रसादकाे दाेस्राे गीत सार्वजानिक भएकाे छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र निर्माण युनिटले ‘प्रसाद’ को दोस्रो गीत ‘वनकी चरी’ सार्वजनिक गरेको हाे। दिनेश राउतको निर्देशनमा तयार भएको यो चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मुख्य अभिनय रहेकाे छ।

गीतमा रुपक डोटेल र अञ्जु पन्तको स्वर सुन्न सकिन्छ भने सुवास भुसालको शब्दमा वि.पाण्डेको संगीत रहेको छ। गीतमा विपिन गायकको भूमिकामा देखिएका छन् भने निश्चल बस्नेतले एक युवतीसँग नृत्य गरेका छन्।

सुवास थापा इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको यो चलचित्र २१ मंसिरबाट प्रदर्शनकाे तयारीमा रहेकाे छ । पत्रकार सुशील पौडेलको लेखन रहेको चलचित्रमा निःसन्तानका कारण पति र पत्नी बीचको सम्बन्धमा आउने उतार चढाव समेटिएको छ। चलचित्रमा सुवास र कोशिस क्षेत्रीको पनि संगीत छ, भने द्धन्द निर्देशन हिमाल केसीको छ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest