मंसिरमा गुप्त : बलिउड कलाकार नाफे खान मुख्य भूमिकामा

मनसुन फिल्म्सको ब्यानरमा नेपाली चलचित्र गुप्त निर्माण भएको छ । निर्माण टिमका अनुसार सम्पुर्ण छायांकन पुर्वी नेपालको मोरङमा गरिएको चलचित्रको यतिबेला पोष्ट प्रडक्सनको काम चलिरहेको छ ।

‘सस्पेन्स हरर थ्रिलर’ जेन्रेमा तयार भएको चलचित्रमा प्राय: कलाकार नयाँ अनुहार रहँदा बलिउड कलाकार नाफे खान मुख्य भूमिकामा रहेका छन् । उनिसँगै चलचित्रमा सुष्मा कार्की, भरतराज सिंह कार्की, सन्दीप सिग्देल, अंशु थापा, निभा अधिकारी र विश्वराज ढकालको मुख्य भूमिका हेर्न पाइनेछ ।

दिपेन्द्र अग्रवाल र मिता मुरारका अग्रवालको निर्माणमा बनेको चलचित्रलाई राज रोयले निर्देशन गरेका छन् । चलचित्रको कथा पनि रोयको नै रहेको छ । अमित धरेवाल सह निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता नरेन्द्रकुमार अग्रवाल हुन् । निर्माण संयोजन अमर सापकोटाले गरेका छन् ।

निर्माता दिपेन्द्रले बताए अनुसार आगामी मंसिर अन्तिम सातालाई संभावित प्रदर्शन समय तोकिएको चलचित्र गुप्तले पछिल्लो पुस्ताको युवा पिढीको यथार्थपरक कथा पेश गर्नेछ । चलचित्रमा सजन शाहको संगीत रहेको छ भने सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका छन् ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest