अर्चना पनेरुको चलचित्र जिस्म २ धमाधम छायांकन

एकाएक सामाजिक सञ्जालमा भाइरल बनेकी अर्चना पनेरुद्धारा अभिनित चलचित्र ‘जिस्म’ को सिक्वेल ‘जिस्म २’शको एतिबेला धमाधम पोखरामा छायांकन भई रहेको छ। राजु गिरिको निर्माण रहेको चलचित्रलाई निर्देशक सुचिन्द्र परियारले निर्देशन गरिरहेका हुन। ‘जिस्म’ निर्देशन गरेका राजु गिरीले अब ग्ल्यामर निर्देशक बाट आफ्नो छबि परिवर्तन गरि सकेको कारण र उनि अर्को चलचित्रमा ब्यस्त भएकोले पनि ‘जिस्म २’ नयाँ निर्देशकलाई निर्देशन गर्ने मौका दिएको गिरीले बताए।

सुरज कुँवरले छायांकन गरेको चलचित्र ‘जिस्म २’बाट रमेश बिश्वकर्मा र रेजिना भण्डारीले डेब्यु गर्दैछन्। चलचित्रमा अनिल राइको नृत्य, योगेश काजीको संगीत छ। चलचित्रको कथा अनुसार चलचित्रमा भरपुर ग्ल्यामर दृश्यहरु समाबेश गरिएको निर्माता गिरि बताउछन। चलचित्र ‘जिस्म’मा अर्चना पनेरुले दिएको दृश्य भन्दा नव अभिनेत्री रेजिना भण्डारीले अझै ग्ल्यामर दृश्य दिएकि छिन। चलचित्र आगामी नयाँ बर्षमा प्रदर्शनमा ल्याउने निर्माण टिमको योजना रहेको छ।

नेपाली चलचित्र जगतमा एक पछि अर्को चलचित्र प्रदर्शनमा आउने क्रम बढ्दो छ । कती चलचित्रले राम्रो बजार पाएका छन भने कतिले पानी पनि भन्न पाएका छैनन् । आशा गरौ यो चलचित्रले पनि बक्स अफिसमा राम्रो ठाउ पाउनेछ हाम्रो टिमको तर्फबाट पनि चलचित्रलाई सफलताको शुभकामना ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest