धरानमा चलचित्र समर लभ सँगै सायाको चरम चाहना

नेपाली साहित्य जगतमा युवा मनमा बस्न सफल तथा निकै चर्चित उपन्यास ‘समर लभ’ को कथामा निर्माण भएको चलचित्र यहि माघ २५ देखि देशभर विभिन्न हलहरुमा प्रदर्शन हुने भएको छ । आख्यानकार सुविन भट्टराईको पहिलो उपन्यास २०६९ सालको बेस्ट सेलर कृति हो ।

कहि मिलन कहि विछोडको प्रेम कथालाई चित्रण गरिएको उक्त उपन्यासलाई दुरुस्तै चलचित्रमा उतारिएको चलचिक्र निर्माता खगेद्र श्रेष्ठले बताएका छन । निर्माता श्रेष्ठ कार्यत्रममा बोल्दै सार्वजानिक भैसकेको किताब अर्थात चलचिक्रको सवालमा स्त्रिप्ट माथि चलचित्र निर्माण गर्नु निकै चुनौतीको विषय हो तर पनि हाम्रो टिमले कथालाई न्याय दिने प्रयास गरेका छौ बाँकी दर्शकहरुको मुल्यांकन रहनेछ । यसै विच निर्माता बोल्दै चलचित्रमा अभिनयको पक्ष तर्फबाट कलाकारहरुको जिवन्त अभिनय र नाई नभन्नु ल तीन जस्तो सफल चलचित्रको निर्देशक मुस्कान ढकालको निर्देशनले समेत चलचित्र उत्कृष्ट बनेको दावि गरे ।

आज आइतावार धरान स्थित होटल सन्ध्या इनमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरु माझ समर लभ लोकप्रिय उपन्यास र आफु पनि उपन्यासको फ्यान भएकोले पनि चलचित्रको लागि यो उपन्यास मेरो रोजाईमा परेको हो । लाखौ पाठकले मन पराएको उपन्यासको कथामा चलचित्र निर्माण गर्दा लगानी पनि उठ्ने प्रवल सम्भावना भएको बताए । कार्यक्रममा पत्रकारहरुको जिज्ञासालाई प्रस्ट्याउदै निर्माता श्रेष्ठले चलचित्र सकेसम्म हामिले कथालाई १००% न्याय दिएका छौ, १०० दिनको क्षतिमा सुटिङ्ग गरिएको चलचित्र लगभग २ घण्टा ३० मिनेटको रहेको बताए । यसका साथै धरानको कन्टेस्टमा समर लभ सँग सँगै साया उपन्यासको कथामा पनि चलचित्र बन्नु पर्ने चरम माग रहेको बताए ।

नाइटिङ्गल इन्टरटेन्डमेन्टको ब्यानरमा तयार पारिएको चलचत्र समर लभमा इन्दु भण्डारीको पनि लगानी रहेको छ । चलचित्रमा नायक आषिश पिया, नायिका रेवती क्षेत्री, सरोज खनाल, सुरजसिंह ठकुरी, नम्रता सापकोटा, लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest