‘भिजिट भिसा’मा गीतले बढायो ‘दाल भात तरकारी’ लाई पूर्यायो चर्चाको शिखरमा

गत शुक्रबार सार्वजनिक भएको चलचित्र ‘दाल भात तरकारी’को ‘भिजिट भिसा’मा बोलको गीतले बजार मज्जाले पिटिरहेको छ । युटुबमा ट्रेण्डिङ लिस्टमा मात्र पर्न सफल होइन, सामाजिक सञ्जालमा सर्वाधिक लोकप्रिय एप्स टिकटकमा पनि मनग्गै चर्चा पाइरहेको छ । अहिले टिकटकमा चलचित्रको गीत हिट हुँदा निर्माताहरु यसले चलचित्रलाई फाइदा पुग्ने कुरामा निर्धक्क छन ।

चलचित्रका निर्माता किरण केसीले यो गीतलाई टिकटकमा पनि खुबै रुचाइएको र दश हजार भन्दा बढी भिडियो बनेको दाबी गरेका छन् । किरण केसीले दाबी गरिरहँदा यो गीतले युटुबमा पनि निकै चर्चा पाइरहेको छ । युटुबको ट्रेन्डिङको पहिलो नम्बर र दोश्रो नम्बरमा तलमाथि गरिरहेको यो गीतलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

कविराज गहतराजले कोरियोग्राफी गरेको भिडियालाई बढी रुचाइएको छ । चलचित्रका मुख्य कलाकार हरिवंश आचार्य, निरुता सिंह, राजाराम पौडेल, बर्षा राउत, आँचल शर्मा र पुष्पल खड्कालाई भिडियोमा देख्न सकिन्छ । नायिका निरुता सिंहले लामो समयपछि चलचित्रको गीतमा नृत्य गरेका कारण पनि दर्शकका लागि यो गीत विशेष बनेको छ ।

वैशाखको १३ गतेबाट रिलिज हुन लागेको चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest