‘गुप्त’मा बोल्ड आइटमका साथ गुमनाम सुष्मा

कुनै समय नायिका सुष्मा कार्की हट केक नयिकाकाे रुपमा चर्चित थिइन । अहिले यी नायिका सुस्ताएकी छिन् । सुष्मालाई लिएर नेपाली चलचित्रका निर्माताले लगानी पनि खासै गर्न खोजेको पाइदैन । सुष्मालाई केही समय अघिदेखि नै आइटम गीतमा नृत्य गर्ने जोश भने नबढेको होइन । आइटम गीतबाटै दर्शक माझ वावाही कमाएकी सुष्मालार्इ आइटम डान्सकाे तिर्खा के मेटियाेस । तर, अहिले चलचित्रमा आइटम गीतको औचित्य खासै छैन ।

एक हिसावले भन्ने हाे भने सुष्मा गुमनाम नायिका भन्दा फरक नपर्ला । पछिल्लाे समय एक पछि अर्काे चलचित्रकाे ताँत लाग्दा सुष्मालार्इ भ्याइ नभ्याइ नै थियाे । त्यसाे त त्याे समय चलचित्रमा आइटम डान्सकाे चलनले निकै ठाउँ आेगटेकाे थियाे । तर अहिले समय उल्टाे चलिदियाे । चलचित्रले नयाँ ट्रेन समायाे जहाँ सुष्मा अटाइनन् ।

यसैले पनि सुष्माले चलचित्रमा खासै काम पाएकी छैनन्। तर, प्रदर्शन मिति तय नभएको चलचित्र ‘गुप्त’मा भने नायिका सुष्मा कार्कीले नृत्य गरेकी छिन् । ‘म आँख मारिदिन्छु’ बोलको गीतमा सहिमा श्रेष्ठको स्वर, राज कर्मकारको शब्द तथा साजन शाहको संगीत छ ।

यो चलचित्रमा सुष्माको साथमा भारत कार्की, नाफे खान, सन्दिप सिग्देल, अन्सु थापा लगायतका कलाकारको मुख्य भूमिका छ । राज रोय र भोजराज घिमिरेको निर्देशनमा तयार भएको चलचित्रमा दिपसन डंगोलको छायांकन, शक्ति प्रज्ज्वल घिमिरेको सम्पादन छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest