‘दाल भात तरकारी’ को राइट्स आक्रमक विक्रि, अष्ट्रेलिया राइट्स ४५ लाख

मल्टिस्टारर चलचित्र ‘दाल भात तरकारी’ अर्को वर्षको बहुप्रतिक्षीत चलचित्रमध्येको एक हो । ‘भिजिट भिषामा’ गीतले युट्युबमा करोड दर्शक बटुलिसकेको अवस्थामा दोस्रो गीतकाे प्रदर्शनको एक हप्ता नाघिसक्दा पनि ट्रेन्डिङ छाडेको छैन । अब यो चलचित्रको ट्रेलर धेरै दर्शकहरुकाे प्रतिक्षाकाे विषय बनेकाे छ । चलचित्र भने बैशाख २० मा सार्वजानिक हुँँदैछ । यस चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् ।

गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘शत्रु गते’ को सफलतापछि बरिष्ठ कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले यो चलचित्र निर्माण गरेका हुन् । नेपालमा सार्वजानिक नहुँदै अहिले चलचित्रको विदेशमा चर्को माग छ । विभिन्न राष्ट्रबाट चलिचत्रको राइट्स लिन निर्मातालाई दिनमै दर्जन बढी व्यक्तिको फोन आउने गरेको छ । अब भने चलचित्रको राइट्स विक्री सुरु भएको छ ।

ओभरसिजमा नेपाली चलचित्रको ठूलो बजार मानिने अष्ट्रेलियामा महँगो मुल्यमा चलचित्र विक्री भएको निर्माता मध्येका एक किरण केसीले जानकारी दिएका छन् । उनले विपिन बस्नेत र इराकु लामाले ४५ लाखमा अष्ट्रेलिया राइट्स खरिद गरेको बताए । चलचित्रको आधा लगानी लगभग अष्ट्रेलिया राइट्सबाटै उठेको देखिन्छ । अन्य देशमा पनि चलचित्रको माग बढ्दो रहेको किरण बताउँछन् ।

ट्रेलर सार्वजानिक भएपछि चलचित्रको ओभरसिजमा थप डिमाण्ड बढ्ने निर्माण टिमको विश्वास छ । हरिवंश आचार्य र निरुता सिंह फिल्ममा श्रीमान्-श्रीमतीको भूमिकामा छन् । ‘मंगलम’ फेम्ड अभिनेता पुष्प खड्का र अभिनेत्री आँचल शर्मा प्रेम-प्रेमिकाको रुपमा प्रस्तुत छन् । हरेक मानिसले दात भात तरकारी खानका लागि गर्ने संघर्षको कथामा चलचित्र आधारित रहेको बताइएको छ ।

बर्षा राउत, राजाराम पौडेल, प्रियंका कार्की, विल्सन विक्रम राई, यमन श्रेष्ठ, शिवहरी पौडेल, किरण केसीलगायतका कलाकारहरुको पनि चलचित्रमा अभिनय रहेको छ । चलचित्रलाई दिर्घ गुरुङले खिचेका हुन् । यसमा प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरी पौडेललगायत निर्मातामा छन् । चलचित्रको कथा, पटकथा तथा संवाद हरिवंश आचार्यले लेखेका हुन् ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest