सफल चलचित्र इन्टु मिन्टु लण्डनमाकाे निर्दशक रेनशाकाे प्रज्ज्वलसँग बिहे

कोरियोग्राफर तथा चलचित्र निर्देशक रेनशा वान्तवा राई र चलचित्र निर्माता प्रज्ज्वल शमशेर जबराकाे आज विधिगत रुपमा बिहे सम्पन्न भएकाे छ । रेनशालाई लिनका लागि प्रज्ज्वल जन्ती लिएर काठमाण्डौको एक पार्टी प्यालेसमा पुगेका थिए । रेनशा र प्रज्ज्वलको बिहेमा नायिका सुष्मा कार्कीकाे उपस्थिती निकै हेर्न लायक थियाे । नायिका सुष्मा कार्की पारिवारिक सम्बन्धका कारण बिहेमा उपस्थित भएकी हुन् ।

आफन्तहरुको उपस्थितीमा दुईले परम्परा अनुसार बिहे गरेका हुन । रेनशाकाे अनुसार ‘हाम्रो बिहे राई र हिन्दु परम्पराअनुसार भएको हो ।’ सुरुमा राइ परम्पराअनुसार बिहे भएको थियो भने पछि हिन्दु परम्परा अनुसार प्रज्ज्वलले रेनशाको सिउँदोमा सिन्दुर भरेका थिए ।

केही दिन अगाडि रेनशा र प्रज्वलले इन्गेजमेन्ट गरेका थिए । रेनशा र प्रज्ज्वल लामो समयदेखि प्रेम सम्बन्धमा रहेकाे बाताए । उनीहरुले वैशाख २७ गते काठमाण्डौको एक पाँचतारे होटलमा भव्य पार्टीको आयोजना समेत राखेका छन् ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest