नायक शिव श्रेष्ठ मुस्ताङ को राजा बन्ने

सन्तोष सेन को पाचौ कोसेली प्रेम गीत -३ मा नायक शिव श्रेष्ठ मुस्ताङी राजाको भूमिकामा प्रस्तुत हुनेछन् । यसअघि यस रोलका लागि राजेश हमालको नाम चर्चामा थियो । अर्को महत्वपूर्ण भूमिकालाई थापा तय छन् ।सफल चलचित्र प्रेम गीत को सिक्वेल प्रेम गीत – ३ का लागि राजेश हमाल बाहिरिए सँगै , नेपाली चलचित्र क्षेत्र बाघ उपनाम पाएका शिव श्रेष्ठ को इन्ट्री भएको छ । फिल्मका लागि प्रदीप खड्का ‘प्रेम’ र डेब्यु नायक मनिष राउतको बाबुको भूमिकामा शिव श्रेष्ठ फाइनल भएका छन् । अर्का मुख्य कलाकार सुनिल थापा समेत पक्का भएका छन् । फिल्मका लागि क्यारेक्टरको विषयमा कुरा भए संगै उनले स्क्रिप्ट पढेर काम गर्न तयार भएका हुन् । फिल्ममा बाबुको भूमिकामा राजेश हमाल हुने भनिए पनि २ महिना सम्म निर्माण टिमको समय लिएर अन्तत समय अभावको कारण जनाउदै उनले फिल्ममा जोडिन अस्विकार गरे । उनको स्थानमा शिव श्रेष्ठ राजा, बाबुको भूमिकामा देखिने छन् ।यी कलाकारका अलावा फिल्ममा सन्तोष सेन, प्रेम पुरी र पुस्कर कार्की समेत यस अघि नै फाइनल भएका छन् । फिल्मका लागि फिमेल लिड क्यारेक्टर ‘गीत’ का लागि अडिसन भैरहेको छ । महिला कलाकारका लागि अडिसन भएको भने यो सिरिजमा पहिलो पटक हो । यस अघिका ‘गीत’ पूजा शर्मा र अश्र्लेशा ठकुरी अडिसन मार्फत छानिएर नआएपनी पुरुष कलाकार प्रदीप खड्का र मनिष राउत भने अडिसन मार्फत नै फाइनल भएका हुन् ।

आसुसेन फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माता सन्तोष सेन र छेतेन गुरुङले एक साथ यो फिल्म निर्देशन गर्न लागेका छन् । चंखे शंखे पंखे, प्रेम गीत, प्रेम गीत २, मेरी मामु पछिको निर्माता सेनको यो पाँचौं प्रोजेक्ट हो । प्रेम गीतको तेस्रो सिरिज यो बर्षको अन्तिम ‘चैत २८’ मा देशभर पर्दशनमा आउने छ । अघिल्लो २ सिरिज मा बिसुद्द माया प्रेमको कुरालाई राम्रो सँग उन्ने बुन्ने काम गरेको भए पनि यसपटक कलाकार को छनोट हेर्दा केही फरक स्वाद आउँला कि भन्ने चर्चा सुरु भईसकेको छ ।

Facebook Comments

Hy, I’m Gokul & thank you for viewing my post. Please send me email if you have any suggestions and feedback.

Gokul Karki

Hy, I'm Gokul & thank you for viewing my post. Please send me email if you have any suggestions and feedback.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest