नेपालको पहिलो नायिकाको फिल्म ‘साइनो’ट्रेलर रिलिज

विनाेद विश्वकर्मा,
पछील्लो समय धेरै चर्चा मा रहेको र आसा गरिएको चलचित्र ‘साइनो’ गीत संगीत सँगै ट्रेलर पनि अत्यधिक मन पराइएको छ । नेपाल कै प्रथम नायिका भुवन चन्द को निर्माण तथा प्रस्तुती रहेको फिल्म ‘साईनो’ त्रिकोणात्मक प्रेम कथा म आधारित फिल्म हो । फिल्म को ट्रेलर आउन भन्दा अघी नै यस् फिल्म को २ गीत ‘मायालु लाई जात्रै मा भेटीयो….. ,’कुन माया को साईनो …. ‘ बोल को गीत लाई दर्शक स्रोता ले अत्यथिक रुचाएका छन । त्रिकोणात्मक प्रेम कथा मा आधारित् फिल्म लाई डेब्यु निर्देसक रमेश थापा ले निर्देशन गरेका छन । थापा अनुसार फिल्म बिसुद्द नेपाली पन को प्रेम कथा रहेको छ । काठमाडौं मा आयोजित एक कार्यक्रम बिच फिल्म को ट्रेलर समेत रिलिज गरिएको छ । ट्रेलर मा अहिलेका युवा युवती बिचको प्रेम मा परिवार र संस्कार कसरी बाधा बन्छ भन्ने कुरा साधारण तरिकाले प्रस्तुत गरिएको छ ।

त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म “साइनो” मा डेब्यु ब्वाइ राजकुमारसँग ‘लालपूर्जा’ ‘रोज’ फेम्ड एक्ट्रेस मिरुना मगरले अनस्क्रिन रोमान्स गरेकी छन् । फिल्म “साइनो” का निर्देशक थापाका अनुसार फिल्म साउन २४ गते देशभर एक्साथ रिलिज हुने भएको छ । फिल्ममा नीता ढुंगाना, मिरुना मगर, राजकुमार, भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, बसुन्धरा भुषाल, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, वसुकला मैनाली लगायतका कलाकारहरुको अभिनय रहेको छ । अभिमन्यु निरवी ले लेखेको फिल्म मा संगीत अलिश कार्की को रहेकोछ , फिल्म भने प्रताप दास , मेलिना राइ , जिना रसाइली लगायत को आवाज रहेको छ । फिल्म लाई रामेश्वर कार्कीले खिचेका हुन् भने बनिश शाहले सम्पादन गरेका छन् । जेठ १० लाई रिलिज मिती तोकिएको भएत पनि अब फिल्म यही स्रावन २४ मा प्रदर्सन मा आउने पक्का भएको छ ।

चन्द्र बिनायक फिल्म्स को ब्यानर मा बनेको फिल्म लाई आफ्नो कलाकारिता मर्न नदिन फिल्म निर्माण गरेको फिल्म कि निर्मात्री तथा प्रस्तुतकर्ता भुवन थापा चन्द ले बताउनु भयो । फिल्म मा नेपाली पन को कथा अनी अहिले को सामाजिक परिस्थिती लाई मज्जाले प्रस्तुत गरेको निर्देशक को दाबी रहेको छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest