‘कबड्डी कबड्डी कबड्डी’ को प्रदर्शन पछाडि धकेलियाे

चलचित्र निर्देशक रामबाबु गुरुङद्वारा निर्देशित चलचित्र कबड्ढि सिरिज ‘कबड्डी कबड्डी कबड्डी’ को प्रदर्शन मिति पछाडी धकेलिएकाे छ । यहि भाद्र १३ गतेलाइ प्रदर्शन मिति निश्चित भएको यो चलचित्रले अब असोज ३ गतेलाइ प्रदर्शन मिति तय गरेकाे छ । प्राविधिक कारणले चलचित्रको प्रदर्शन मिति सारिएको निर्माण टिमकाे भनाइ छ ।

‘कबड्डी कबड्डी कबड्डी’ को प्रदर्शन मिति पछाडि धकेलिए पछि भाद्र १३ गते नवल नेपाल निर्देशित तथा अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता पुष्प खड्का स्टारर चलचित्र ‘मारुनी’ ले एकल प्रदर्शनको अवसर पाएको छ । ‘साहो’ र ‘कबड्डी कबड्डी कबड्डी’ को चेपुवामा पर्ने डरले ‘मारुनी’ को प्रदर्शन मिति पछि सर्ने चर्चा चुलिरहँदा कबड्ढी सिरिजकाे प्रदर्शन मिति पछि सर्दा चलचित्र मारुनीलाइ ताल परेकाे
छ ।

स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वमा आधारीत कथामा तयार भएकाे चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ मा अभिनेता दयाहाङ राई प्रमुख भूमिकामा छन् भने उनको अपोजिटमा अभिनेत्री उपासना सिंह ठकुरी छिन् । यसको कथा निर्देशन निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् । यो चलचित्रको टीजर र पहिलो गीत ‘दुबो फूल्यो’ सार्वजनिक भइसकेको छ । दुबैलाई इन्टरनेटमा दर्शकले अत्यात्रिक रूचाइएकाे पाइएकाे छ ।

बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको चलचित्रलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् । चलचित्रमा कर्मा, रिश्मा गुरुङ, माओत्से गुरुङ, पुस्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, लुनिभा तुलाधर, बुद्धि तामाङ, कमलमणी नेपाल, अरुणा कार्की, विजय वराललगायतका कलाकारहरुको पनि अभिनय छ । यसको सम्पादन निमेश श्रेष्ठले गरिरहेका छन् ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest