शक्तिशाली कथावस्तुले बाँधिएकाे चलचित्र हाे साइनाे – मिरूना मगर

नेपाली चलचित्रकी ब्यस्त नायिका मिरुना मगरको सुन्दरताको फ्यान धेरै छन् । उनको साधारण शैलीलाई भने दर्शकले नजिकबाट मन पराउँछन् । उनीद्वारा अभिनित चलचित्र ‘साइनो’ यही साउनको २४ गतेबाट प्रदर्शनमा आउँदैछ । मिरुनाकाे अनुसार –‘मलाई ग्रामिण परिवेशको यूवतीको भूमिका गर्न मन लागेको थियो । ‘साइनो’मा यस्तै खालको भूमिकाको अफर आयो र गरेँ ।’

मिरुनाले आफूलाई यस्तो भूमिका मनपर्ने भएकाले पनि अफर आउँदा खुशी लागेको बताइन् । उनले चलचित्रमा काम गर्नुको कारण भनिन्–‘मैले यो चलचित्रमा काम गर्नुको मुख्य कारण त नेपाली चलचित्रकी प्रथम नायिका भूवन चन्दले बनाउन लागेको भएर नै हो । साथमा, मैले खोजेको जस्तै भूमिका पाएकाले पनि गरेकी हुँ ।’ उनले चलचित्रको कथावस्तु पनि शक्तिशाली भएको खुलाइन् ।

मानिसको साइनो किन टुट्छ ? मिरुना भन्छिन्–‘साइनो जोडिनका लागि दुबै जनाको हात बराबर हुन्छ । तर, एउटाले मात्र पनि साथ छाड्यो भने साइनो टुट्छ ।’

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest