‘साइनो’ मा रुचाइयो मिरुना

तस्विर : मिरुनाको फेसबुक वालबाट

गत जेठमा प्रदर्शन भएकाे मल्टीस्टारर चलचित्र ‘जात्रै जात्रा’ पछि कुनै चलचित्रले हलमा गतिलो व्यापार गर्न सकेका थिएन । न त दर्शकलाई नै सन्तुष्ट बनाउन नसकेता पनि हरेक हप्ता हलमा नयाँ चलचित्र प्रदर्शनमा कम भएको छैन । यो शुक्रबार ‘साइनो’, ‘रे’ र ‘काँचुली’ सहित तीन चलचित्र एकसाथ प्रदर्शनमा आए । तीन चलचित्रमा कसले राम्रो व्यापार गर्‍यो भन्ने दर्शकमा चासो नहोला भन्ने हुँदै हुँदैन।

तीन चलचित्र मध्ये ‘साइनो’ को व्यापार केही हदसम्म राम्रो छ । तर, अपेक्षाकृत छैन । शुक्रबार चलचित्रको व्यापार औसतभन्दा पनि कम रह्यो । शनिबार चलचित्र देशैभर हाउसफुल भएको निर्माण टिमले बताएको छ । शुक्रबारको तुलनामा चलचित्रले शनिबार निकै राम्रो व्यापार गरेको निर्मात्री भुवन थापा चन्दले जानकारी दिएकी छन् । उनी नेपाली चलचित्रकी प्रथम नायिका समेत हुन् ।

‘वर्ड अफ माउथ’ बलियो भएका कारण चलचित्र बक्सअफिसमा लामो रेसको घोडा बन्ने विश्वास उनमा छ । प्रदर्शनको पहिलो दिन शुक्रबार राजधानीमा आयोजना गरिएको विशेष शोमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, निर्देशक दीपाश्री निरौलालगायतले चलचित्रको प्रशंसा गरेका थिए । दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको चलचित्रमा अभिनेत्री मिरुना मगरको अभिनय भने निकै रुचाइएको छ ।

तस्विर : साइनो चलचित्र हेरेपछिको दिपाश्रीको प्रतिक्रिया

उनको स्वभाविक अभिनय दर्शकलाई मन परेको छ । ‘लालपूर्जा’ बाट अभिनयमा डेब्यू गरेकी उनले गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘रोज’ मा पनि राम्रो अभिनय पस्किएकी थिइन् । उनी दर्शकले आफ्नो अभिनय रुचाएकोमा निकै खुसी भएको बताउँछिन् । ‘साइनो’ लाई मिलेको प्रतिक्रियाले पनि आफूलाई उत्साहित तुल्याएको उनको भनाई छ ।

रमेश थापा निर्देशित चलचित्रमा नीता ढुंगाना, राज कुमार, राजा राजेन्द्र पोखरेल, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राईलगायतको अभिनय पनि छ । त्रिकोणात्मक प्रेमकथा वाचन गरेको यस चलचित्रलाई अभिमन्यु निरबीले लेखेका हुन् । चलचित्रमा शरण थापा कार्यकारी निर्मातामा रहेका छन् । ‘साइनो’ लाई रामेश्वर कार्कीले खिचेका हुन् ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest