च च हुइ को पहिलो अफिसियल गीत ‘सिल्की सिल्की बाल’ रिलिज

बिनोद दर्नाल ,
रोमान्टिक कमेडी जनरमा तयार भएको हो भने यसलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेको फिल्म ‘च च हुइ’ को पहिलो अफिसियल गीत आज काठमाडौं मा एक कार्यक्रम आयोजना गरी औपचारिक रुपमा OSR DIGITAL को युटुब च्यानल मार्फत रिलिज भएको छ ।

राजनराज शिवाकोटी सङ्गै निर्माता अमृत घोले लामा र श्याम लामिछानेको शब्द ‘सिल्की रहेको ‘सिल्की सिल्की ‘ बोलको गीतमा राजनराज शिवाकोटी र मेलिना राईको स्वर रहेको छ भने यसलाई राजनले नै कम्पोज गरेका छन । उक्त गीत मा मुख्य कलाकार आर्यन सिग्देल , मिरुना मगर र भोलाराज सापकोटा ले कम्मर मर्काएका छन ।

शिशिर खातीको कोरियोग्राफी रहेको गीत लाई झन्डै एक साता लगाएर मुस्ताङ्गको छुसाङ्गमा छायाँकन गरिएको हो । गीत मा आर्यन र मिरुना को जोडी खुवै जमेको छ।रोमान्टिक कमेडी जनरमा तयार भएको हो भने यसलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् ।

फिल्मलाई साम्तेन भुटियाले निर्देशन तथा सम्पादन गरेका हुन् भने यसमा सुशन प्रजापतिको छायाँकन रहेको छ । ‘च च हुई’ को पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । फिल्मका गीतमा राजनराज शिवाकोटी , सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ । यसमा निमालामाको मेकअप , रेनिश फागोको कलर करेक्सन , श्री श्रेष्ठको द्वन्द , शिशिर खातीको कोरियोग्राफी , सुजिल कर्माचार्यको ब्याकग्राउण्ड स्कोर रहेको छ । फिल्मलाई उपत्यकामा रिच इन्टरटेनमेन्टका करण श्रेष्ठ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ । फिल्म मङ्सिर ६ अर्थात् नोभेम्बर २२ मा रिलिज हुनेछ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest