‘कबड्डी कबड्डी कबड्डी’ को प्रचार मा हाजिरिजवाफ , बिधालयहरु ले दिए धन्यवाद

विनाेद दर्नाल,
‘कबड्डी कबड्डी कबड्डी’ फिल्म यही असोज ३ गते रिलिज हुँदैछ । रिलिज मितिको करिव एक हप्ता अगाडि यो बर्षकै प्रतिक्षित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ले आफ्नो प्रचार सैली लाई आक्रमक बनाएको छ । प्रचार को बिभिन्न सैली अपनाउने क्रममा यो पटक फरक तरिकाले प्रचार गरेको छ । यो टिम ले’कबड्डी कबड्डी कबड्डी’को प्रचार सङ्गै प्रदेश १ को धरान मा हाजिरिजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । असोज ३ गते बाट देशब्यापी प्रर्द्शनमा आउन लागेको फिल्म “कबड्डि कबड्डि कबड्डि” टिम यतिबेला फिल्मको प्रचार प्रसारमा निकै ब्यस्त छ्न। “कबड्डि कबड्डि कबड्डि” भन्नासाथ फिल्मका निर्देशक राम बाबु गुरुङ को नाम अगाडि आउने गर्छ ।मौलिक विषयवस्तुलाई सशक्त ढंगले दृश्यभाषामार्फत् व्यक्त गर्न माहिर निर्देशक रामबाबु गुरुङ्ग ले निर्देशन गरेको फिल्म लाई मणीराम पोखरेल, अर्जुन कार्की र ओम चन्द्र रौनियार ले फिल्म निर्माण गरेका हुन । कथा निर्देशक निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् । शैलेन्द्र डि. कार्कीले खिचेको यो फिल्म बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको हो ।

प्रचारप्रसारलाई तिब्र गतीमा लान पुर्व धरान मा BP4 ENTERTAINMENT को आयोजना मा भाद्र २७ गते शुक्रबार नेपाल पुलिस स्कुल को प्राङ्गण मा बिधालय स्तर का बिद्यार्थीहरु बिच हाजिरी प्रतियोगिता सम्पन्न भएको छ जहाँ १५ बिधालयहरुको बिद्यार्थीहरुको उपस्थित रहेको थियो । बिद्यार्थी हरुलाई नेपाली चलचित्र प्रती आकर्षित गर्दै नेपाली चलचित्र क्षेत्र को अधिक जानकारी दिने उद्देश्यले यो प्रतियोगिता गरिएको निर्माता मनिराम पोख्रेल ले बताउनु भयो । उक्त प्रतियोगिता मा बिभिन्न माध्यम बाट प्रश्नहरु सोधिएको थियो । जहाँ नेपाली कबड्डी कबड्डी कबड्डी को बारेमा प्रश्न सहित अडियो राउण्ड , तस्विर राउण्ड गरी पुरान नेपाली चलचित्रको बारेमा प्रश्न गरिएको थियो ।

सो प्रतियोगिताको बिजेता धरान आदर्श स्कुल , दोस्रो स्थान नेपाल प्रहरी स्कुल र बिष्णु मेमोरियल तेस्रो भएको छ । बिजेता ले रु ५००० नगद ट्रोफी प्रमाणपत्र र “कबड्डि कबड्डि कबड्डि” को ५ वटा टिकट पाएका पुरस्कार पाएका थिए यसै गरी दोस्रो हुने ले नगद रु २०००,ट्रोफी , प्रमाणपत्र र “कबड्डि कबड्डि कबड्डि” ३ वटा टिकट प्राप्त गरेका थिए । भने तेस्रो स्थान भएको बिष्णु मेमोरियल स्कुल ले ४ वटा टिकट प्राप्त गरेको Bp4 Entertainment का बिनोद दर्नाल ले जानकारी दिए ।

कार्यक्रम मा बिभिन्न बिधालय का शिक्षक बिद्यार्थी अविभावक हरुको उल्लेख्य उपस्थिती रहेको थियो । यस्ता कार्यक्रम ले नेपाली फिल्म को प्रचार मात्रा नभएर बिद्यार्थी हरु मा नेपाली चलचित्र को बारेमा ज्ञान प्राप्त हुने भएको ले यस्ता खाल्का कार्यक्रमहरु हुनु आवश्यक रहेको भन्दै कार्यक्रम राम्रो सफल भएको भन्दै बिष्णु मेमोरियल धरान का शिक्षक शम्भु ढुङ्गेल ले आयोजकलाई धन्यवाद समेत दिनु भयो । कार्यक्रममा बोल्दै पुलिस स्कुल का प्रिन्सिपल डकेन्द्र रायमाझी ले यो कार्यक्रम ले बिद्यार्थी र शिक्षकहरु लाई नेपाली फिल्म प्रतिको मोह बढेको भन्दै पछील्लो समय नेपाली फिल्मको धेरै सुधार भएको बताउनु भयो ।

मौलिक विषयवस्तुलाई सशक्त ढंगले दृश्यभाषामार्फत् व्यक्त गर्न माहिर निर्देशक रामबाबु गुरुङ्ग ले निर्देशन गरेको फिल्म लाई मणीराम पोखरेल, अर्जुन कार्की र ओम चन्द्र रौनियार ले फिल्म निर्माण गरेका हुन । कथा निर्देशक निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् । शैलेन्द्र डि. कार्कीले खिचेको यो फिल्म बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको हो । पछिल्लो समय दर्शकलाई हलसम्म तान्ने बलियो अस्त्र को रुपमा गीतसंगीत र ट्रेलर नै हो । त्यसैले पनि ‘कबड्डी कबड्डी कबड्डी’ को रिलिज भएको गीत ‘दुबो फूल्यो’ बोलको गीतले राम्रै चर्चा बटुलिरहेको छ । सङ्गै यस फिल्म को सिर्स गीत लाई अझ फरक शैली मा प्रस्तुत गरिएको छ जुन र्याप शैली मा रहेको छ जुन गीत ले पनि चर्चा बटुली रहेको छ।

फिल्म यही असोज ३ गते देशभर एकसाथ रिलिज हुँदैछ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest