‘कबड्डी कबड्डी कबड्डी’ ले सर्वाधिक सो पायाे

यस वर्षको बहुप्रतिक्षीत चलचित्रमध्ये एक ‘कबड्डी कबड्डी कबड्डी’ को एडभान्स बुकिङ खुल्ला गरिएको छ । शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो चलचित्रलाई नेपालको सबैभन्दा बढी चेन भएको क्यूएफएक्स सिनेमाज्ले सर्वाधिक सोज बाँडेको छ । काठमाडौंको पाँच स्टेशनमा चलचित्रलाई ३७ शो दिइएको छ । यसअघि कुनै नेपाली चलचित्रले यो संख्यामा सोज पाएका थिएनन् ।

यसअघि क्यूएफएक्स चेनमा सर्वाधिक सोज चलचित्र ‘छक्का पञ्जा ३’ ले पाएको थियो, जसले ३१ सोजमा प्रदर्शन सुरु गरेको थियो । त्यस्तै, ‘कबड्डी कबड्डी कबड्डी’ लाई क्यूएफएक्सले मोफसलको आफ्नो चार स्टेशनमा २७ सोज बाँडेको छ । चलचित्रको व्यापारिक हिसाबमा मुख्य कारक मानिएको क्यूएफएक्स चेनले चलचित्रलाई आफ्नो देशभरका ९ वटा हलमा कूल ६४ सोज दिएको छ ।

चलचित्रप्रति दर्शकको उत्साहपुर्ण क्रेजलाई मध्यनजर गर्दै क्यूएफएक्सले मंगलबारबाटै एडभान्स बुकिङ ओपन गरेको हो । बुकिङ खुलेसँगै दर्शकले आफ्नो सिट ‘रिजर्भ’ गर्न थालिसकेका छन् । अन्य मल्टीप्लेक्सहरुले भने चलचित्रलाई भोली दिउँसो सोज बाँड्नेछन् । क्यूएफएक्सले बाँडेको सोज हेर्दा ‘कबड्डी कबड्डी कबड्डी’ ले बक्सअफिसमा बम्पर ओपनिङ गर्ने अनुमान गर्न सकिन्छ ।

गएको जेठमा प्रदर्शनमा आएको चलचित्र ‘जात्रै जात्रा’ पछि कुनै चलचित्रले नाफाको व्यापार गर्न सकेका छैनन् । आश गरिएका चलचित्र समेत बक्सअफिसमा डुबेका छन् । चलचित्र निर्माण र प्रदर्शन गर्न निर्माता डराइरहेको अवस्थामा ‘कबड्डी कबड्डी कबड्डी’ ले खडेरी लागेको नेपाली चलचित्रको व्यापार चलायमान बनाउने अपेक्षा गरिएको छ । चलचित्रका निर्देशक रामबाबु गुरुङ हुन् ।

चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय छ । स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथा वाचन गर्ने चलचित्रको कथा निर्देशक निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest