अन्तरराष्ट्रिय चलचित्र महोत्सव धरान मा , १०० भन्दा बढी चर्चित कलाकारहरु आउने ,

विनाेद दर्नाल,
प्रदेश नम्वर १ सरकारको आयोजना मा हुन लागिरहेको “अन्तरराष्ट्रिय चलचित्र महोत्सव धरान” यही कार्त्तिक २९ गते देखी मङसिर २ गते सम्म धरान मा हुने भएको छ ।

“विविध भाषा संस्कृतिको सम्मान ,स्वच्छ सुखी र समुन्नत प्रदेश को पहिचान” नारा सहित को महोत्सव मा १०० भन्दा बढी चर्चित कलाकारहरु, वरिष्ठ कलाकार अभिनेता, अभिनेत्री, निर्माता, निर्देशकहरू चलचित्रकर्मी हरु धरान आउने भएकाछन । मुल आयोजक समितीका अध्यक्ष प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्की को अध्यक्षता मा आज धरान को होटल गजुर प्यालेश मा सम्पन्न बैठक मा सोही मितिमा बिरगन्ज मा पनि चलचित्र महोत्सव हुने र तयारी पनि नपुगेको कारण कार्त्तिक २१ गतेदेखी हुने भनिएको महोत्सव कार्त्तिक २९ गते को लागि सारीएको अध्यक्ष कार्किले बताउनु भयो ।

धरान फिल्म नगरि चलचित्र कर्मी को उर्बरभुमी ,धेरै चलचित्रकर्मी हरु उत्पादन गरेकोले पनि महोत्सव धरान मा गरिएको र धरान लाई फोकस गरिएको अध्यक्ष कार्किको भनाइ थियो । प्रदेश १ सरकार को निती तथा कार्यक्रम अन्तर्गत को कार्यक्रम अन्तर्गत प्रदेश १ रहेर निरन्तर कलाकारिता क्षेत्रमा लागिपरेका कलाकार र प्रदेश १ का कलाकारहरु जो देश बिदेश मा नेपाली चलचित्र क्षेत्रमा अहोरात लागिपरेका चलचित्रकर्मी र कलाकारहरु मध्य बाट १५ जनालाई सम्मान समेत गरीने चलचित्र छनोट तथा व्यबस्थापना समितिका संयोजक बिजय सुब्बाले जानकारी दिनु भयो । प्रदेश १ भरिका कलाकारहरुमा सफल बनाउन को लागि सम्पूर्ण जिम्मेवारि आएकोले यस्लाई सफल बनाउन दिनरात लागिपरेको ले महोत्सव सफल हुने मा ढुक्क रहेको सदस्स्य सचिव अरुण प्रधान ले जानकारी दिनुभयो । महोत्सवमा सास्कृतिक पहिचान र विविधता झल्कने डकुमेन्ट्री र आर्टिस्टिक चलचित्र हरु निशुल्क प्रदर्शन हुनेछ ।

प्रदेश १ का मुख्यमन्त्री मानानीय शेरधन राइको प्रमुख आतिथ्यमा कार्त्तिक २९ गते दिउसो १ बजे उद्घाटन समारोह कार्यक्रम हुने र प्रत्येक दिन ३ शो फिल्म प्रदर्शन गरिने बताइएको छ । महोत्सवमा प्रत्येक दिन चर्चित कलाकार सहित बिभिन्न फिल्म हरु प्रदर्शन गरिने छ् । साथै प्रत्येक् दिन तीन वटा फरक चलचित्रहरु प्रदर्शन हुनेछन । प्रदेश सरकारको आयोजना भनेको ले पनि कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन सरकारले कुनै बाँकी नराख्ने प्रदेश सरकारका मुख्य सचिव तथा व्यवस्थापना समिती संयोजक सुरेश अधिकारी ले जानकारी दिनु भयो । आज सम्पन्न बैठक मा व्यवस्थापना सहयोग समिती का सदस्य सहित उपस्थित कलाकार र चलचित्रकर्मी हरु को उपस्थिती रहेको थियो ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest