पुजा शर्मा कतार पुगीन

नेपाली चलचित्र प्रेम गीतबाट चर्चा कमाएकी अभिनेत्री पुजा शर्मा हाल कतार पुगेकी छिन । उनी सुदर्शन थापाद्धारा निर्देशित चलचित्र रामकहानी छायाँकनका लागी कतार गएकी हुन । अभिनेत्री पुजा सँग निर्देशक सुदर्शन थापा पनि गएका छन । उनीहरु रामकहानीको छायाँकनसँगै यहि १४ जुलाईमा प्रदर्शनको तयारीमा रहेको चलचित्र म यस्तो गीत गाँउछु को विशेष शो समेत गर्ने भएका छन ।

स्रोतका अनुसार चलचित्र रामकहानीको सुरुवात नै कतारबाट हुनेछ । अभिनेत्री पुजाका सथमा कतारमै रहेका केही कलाकारले अभिनय गर्ने भएका छन । कतारमा सम्पुर्ण व्यवस्थापन कलाकार बिष्णु कार्कीले मिलाएका छन । निर्देशक थापाका अनुसार यो चलचित्र छायाँकन अनुमतिका लाभि मात्र ८ लाख खर्च भएको छ ।

चलचित्र रामकहानीमा अभिनेत्री पुजाका साथमा आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा, विल्सन विक्रम राई लगायत कलाकारहरुको मुख्य भुमिका रहनेछ ।

भर्खरै छायाँकन सुरु गरिए पनि यो चलचित्र आगामी भदौ २२ गतेबाट रिलिज गर्ने जानकारी छ ।

प्रेम गीत चलचित्रबाट मनग्गै चर्चा बटुलेकी अभिनेत्री पुजा शर्माको म यस्तो गीत गाँउछु पछि लगातार चलचित्र रामकहानी प्रदर्शन हुदैछ । पुजा शर्माको प्रेम गीतको सफल्ता हेर्दा प्रदर्शनको तयारीमा रहेको चलचित्रहरुले पनि राम्रै सफल्ता पाउने जो कोहिले गरीरहेका छन । आशा छ अभिनेत्री पुजा शर्माको आउदो चलचित्रहरुले पनि राम्रो सफल्ता पाउनेछ हाम्रो कन्फ्युजनेपाल डट कम टिमको तर्फबाट पनि सफल्ताको शुभकामना ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest