मिलनको चलचित्रमा अनमोल अनुबन्धित

तस्वीर : मिलन सग अनमाेल सम्झाैता गर्दै

नेपाली चलचित्र जगतमा आफ्नो छुट्टै पहिचान बनाएका हट अभिनेता अनमोल केसिलाई पछिल्लो समय देखिको व्यस्तताले अहिले पनि छोडेको छैन । पछिल्लो समय चलचित्र प्रदर्शन, चलचित्र छायाँकनमा भ्याइ नभ्याइ रहेका यी अभिनेता अहिले पनि लगातार २ चलचित्रमा अनुबन्धित भएका छन । नेपाली चलचित्र “ए मेरो हजुर ३” मा साइन गरे लगत्तै निर्देशक मिलन च्याम्सको नयाँ चलचित्रका लागि पनि अनुबन्ध भएका छन् । गत आइतावार साँझ अनमोल र मिलनबीच औपचारिक रुपमा सम्झौता भएको छ ।

आÏनो छैठौ चलचित्र ‘क्याप्टेन’मा व्यस्त रहेका अनमोल यस पछि ‘ए मेरो हजुर ३’ को सुटिङमा व्यस्त रहेने छन र त्यस लगत्तै मिलनको चलचित्रलाई समय छुट्याउने छन ।

चलचित्र ‘लिलिबिली’ मा स्क्रिप्ट राईटर प्रदिप भारद्धाजले नै उक्त चलचित्रको पनि कथा लेख्दैछन । सो चलचित्रलाई मिलन र सुदिप खड्काले संयुक्त रुपमा निर्माण गर्ने भएका छन । यी दुईको यो दोश्रो पटक सहकार्य हो । यस अघि मिलनद्धारा निर्देशीत चलचित्र ‘लिलिबिली’ लाई सुदिपले निर्माण गरेका थिए ।

अनमोलको प्रमुख भुमिका रहने उक्त चलचित्रलाई मिलन स्वयंले निर्देशन गर्ने भएका छन । सो चलचित्रको सम्पुर्ण छायाँकन विदेशमा हुने भएको छ । हाल निर्देशक मिलन अनमोलको अपोजिटका लागि नायिकाको खोजीमा छन् ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest