हैट ब्राण्डका २ चलचित्र एक साथ रिलिज

नेपाली चलचित्र जगतमा एक भन्दा बढी चलचित्र एक साथ प्रदर्शन त भै रहेकै हो । हाल एउटै अभिनेता अथवा अभिनेत्री स्टारर एक भन्दा बढि चलचित्र एकसाथ प्रदर्शनमा आउनु पनि कुनै नौलो कुरो हैन । पछिल्लो समय नेपाली चलचित्र जगतमा यस्ता खाले समाचारने निकै ठाउ पाएको थियो । केही हप्ता अगाडी अभिनेत्री प्रियंका कार्की स्टारर ‘कोहलपुर एक्सप्रेस’ र ‘ह्याप्पी डेज’ एकसाथ प्रदर्शन भएको थियो ।

नेपाली चलचित्रका एकदम लोकप्रिय कलाकार वुद्धि तामाङको पनि आज शुक्रवारबाट देशभर २ चलचित्र एकसाथ प्रदर्शनमा आएका छन । वुद्धि तामाङद्धारा अभिनित चलचित्र ‘चङ्गा’ र मट्टिमाला’ शुक्रबार प्रदर्शनमा आएका छन । यी २ चलचित्रमा कलाकार बुद्धिको प्रमुख भुमिका रहेको छ ।

‘हैट’ थेगोले परिचित उनी अचेल सबै भन्दा धेरै पर्दामा देखि पर्ने कलाकार मध्ये एक हुन । भन्ने नै हो भने उनी नेपाली कलाकारीता क्षेत्रमा एक किसिमको ब्राण्ड बनेका छन । अफर आएका कुनै पनि चलचित्र बाँकी नराख्ने यी ब्राण्डको चलचित्र संख्या दिन प्रतिदिन बढ्दो छन । दर्शकले पर्दामा उनको अभिनय तथा कमेडी औधि रुचाउने गर्दछन ।

हास्य कलाकार किशोर भण्डारी (डिट्ठा साब) द्धारा निर्देशित चलचित्र ‘चङ्गा’ मा वुद्धीका साथमा अंकित खड्का, लक्ष्मी वर्देवा, कमलमणी नेपाल, राजन खतिवडा, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय रहेको छ । त्यसै गरेर चलचित्र ‘मट्टिमाला’मा पनि कलाकार वुद्धिका साथमा रजनी गुरुङ (मङ्गली), चिरन राई, पृथ्वी राईलगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । यो चलचित्रलाई टेक पौरखी राईले निर्देशन गरेका हुन

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest